१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । एक महिनासम्म सम्पर्कभन्दा बाहिर रहेको भनिएका चीनका विदेशमन्त्री किन गाङलाई मङ्गलबार पदबाट हटाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको शीर्ष विधायिकाले किनलाई पदबाट हटाउने र उनको स्थानमा उनीभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ ।

किनको अनुपस्थितिले राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका ५७ वर्षीय किन अनुग्रहबाट हटेका थिए वा आधिकारिक अनुसन्धानको अधीनमा भएको भन्ने अड्कलबाजीहरू सुरु भएका छन् ।

चीनको विदेश मन्त्रालयले यसअघि ‘स्वास्थ्यका कारण’ जिम्मेवार रहेको बताए पनि पछिल्लो समय यस सम्बन्धमा प्रतिक्रियाका लागि एएफपीले सम्पर्क गर्दा कुनै जानकारी दिन अस्वीकार गरेको थियो ।

सिन्ह्वाले किनलाई पदबाट हटाउनुको कारण खुलाएको छैन तर सीले उक्त निर्णय लागु गर्न राष्ट्रपतिय आदेशमा हस्ताक्षर गरेको जनाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मङ्गलबार किनका बारेमा पटक–पटक सोधिएको प्रश्नमा आफूसँग ‘कुनै जानकारी नभएको’ र ‘चीनको कूटनीतिक गतिविधि निरन्तर अघि बढिरहेको’ बताए ।