बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा अर्जुन बन्जाडे निर्वाचित भएका छन् ।
आइतबार अनलाइनमार्फत सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी दिलु पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । बन्जाडेले ५ हजार ७ सय ३९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी पराजुलीले ४ हजार ८ सय ६ मत प्राप्त गरेका थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा विकास उप्रेती, उपाध्यक्षमा भानु खरेल, ज्ञानेन्द्र गुरुङ, नेत्र पाण्डे र प्रेम तामाङ निर्वाचित हुँदा महिला उपाध्यक्षमा सुनिता सापकोटा (कँडेल) निर्वाचित बनेका छन् ।
यसैगरी युवा उपाध्यक्षमा अनुप खनाल, महासचिवमा रामहरि अधिकारी, सचिवमा दीपक सापकोटा, शान्ता पौडेल निर्वाचित हुँदा कोषाध्यक्षमा सरोज सिग्देल विजयी भएका छन् ।
यसैगरी सहकोषाध्यक्षमा दिवाकर पाण्डे र युवा संयोजकमा तेज पौडेल निर्वाचित भएका छन् ।
यस्तै निर्वाचनबाट बोर्ड सदस्यसहित आईसीसी सदस्य र राज्य समिति सदस्यहरू पनि निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १३ हजार ६ सय ९१ मतदाता मध्ये ११ हजार २ सय ६७ मतदाताले मतदान गरेका थिए। इतिहासमै अहिलेसम्मकै बढी ८२.३ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।