१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । जापान सरकारले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई स्तन क्यान्सर परीक्षण उपकरण प्रदान गरेको छ ।

जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) अनुदान सहायता अन्तर्गत ललितपुरको सातोबाटोमा रहेको फाउन्डेसनका लागि करिब ८३ लाख रुपैयाँ बराबरको स्तन क्यान्सर परीक्षण उपकरण प्रदान गरिएको हो ।

क्यान्सर परीक्षण उपकरण प्रदान गर्दै नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाली महिलामा हुने क्यान्सरमध्येको एक स्तन क्यान्सर जस्ता रोग निको पार्न प्रारम्भिक पहिचान र उपचार महत्वपूर्ण हुने बताएका थिए ।

यस परियोजनाले प्रारम्भिक चरणमा स्तन क्यान्सर पत्ता लगाउन र नेपालमा व्यक्ति, परिवार र समुदायको स्वास्थ्य र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उनको भनाइ थियो । साथै यो परियोजनाले नेपाल र जापानबीचको मित्रतालाई अझ प्रगाढ बनाउने उनको विश्वास थियो ।

२०११ मा स्थापित नेपाल क्यान्सर केयर फाउन्डेशनले मुख्यतया स्तन र पाठेघरको क्यान्सरको लागि स्क्रीनिंग र परामर्श सेवाहरू प्रदान गर्दैआएको छ ।