१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकालका लागि उमेद्वारी घोषणा गरेका उमेद्वारहारको उमेद्वारी दर्ता प्रक्रिया सुरु भएको छ । एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि हाल सम्म ४ जनाले उमेद्वारी दर्ता गर्ने घोषणा गरिसकेका छन् ।

१ जना अध्यक्ष पदका लागि ४ जनाले उमेद्वारीको घोषणा गरेका छन् । हाल बरिष्ठ उपाध्यक्ष रहेका नबिन निउरे, महिला उपाध्यक्ष संगीता अधिकारी, उपाध्यक्षद्वय राजकुमार अधिकारी र रामकृष्ण श्रेष्ठले अध्यक्ष पदका लागि आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । उनीहरुले छुट्टा छुट्टै पत्रकार सम्मेलनको आयोजना गरेर उमेद्वारी दिने घोषणा गरेका थिए ।

हाल सम्म कसकसले उमेद्वारी दर्ता गरे भन्ने वारे निर्वाचन मण्डलले केही खुलाएको छैन । महिला सहित ५ जना उपाध्यक्ष पदका लागि १० जना आकांक्षी देखिएका छन् । आकांक्षीहरु संग व्यक्तिगत रुपमा गरिएको कुराकानी अनुसार बर्तमान कार्यसमितिका महासचिव सिद्दार्थ श्रेष्ठ, कोषाध्यक्ष कृष्ण गैरे, प्रबक्ता सुवास लामिछाने सहित विष्णुप्रसाद सुबेदी (विश्व), सचिन श्रेष्ठ, देबराज उप्रेती र एनआरएनए नागोयाका निवर्तमान संयोजक मनोजबम मल्लले उपाध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका छन् ।

त्यसैगरी महिला तर्फको उपाध्यक्षमा बर्तमान कार्यसमितिका सचिव डा एलिजा केसी भण्डारी र सदस्य लक्ष्मी केसी महर्जनले उमेद्वारी दिने घोषणा गरेका छन् ।

महासचिव पदका लागि सचिव श्याम सितल श्रेष्ठ, सदस्य कमल बास्तोला र टिकाराम खरेलले पनि उमेद्वारी दिने घोषणा गरेका छन् । अन्तिम समय सम्म कुनै पनि उमेद्वारले महासचिवका लागि उमेद्वारी घोषणा नगरेका भए पनि उमेद्वारी दर्ता गर्ने दिन सम्म आइपुग्दा ३ जनाले उमेद्वारी घोषणा गरेका हुन् ।

त्यस्तै सचिवका लागि मनोज श्रेष्ठ, सचिन शर्मा (आचार्य), दिलिप कंडेल, अर्जुन बगाले, दिपेश केसी र ज्ञानु भट्टले उमेद्वारी दिने घोषणा गरेका छन् ।

कोषाध्यक्ष पदका लागि अहिलेको परिस्थितिमा बदलाब नआएको खण्डमा दीपक सुनार, राकेश लामा, कर्साङ्ग तामांग र राम खड्काले उमेद्वारी दर्ता गर्ने सम्भावाना छ । सह-कोषाध्यक्ष पदका लागि राम थापा र हरि श्रेष्ठले उमेद्वारी दर्ता गर्ने तयारी गरेका छन् ।

युवा संयोजकका लागि एनआरएनए चिवाका निर्वतमान संयोजक मुक्तिराज रेग्मी र एनआरएनए जापानका केन्द्रिय सदस्य सुनिल भण्डारीले उमेद्वारी दिने घोषणा गरिसकेका छन् ।

‘उमेद्वारी दर्ता गर्ने समय भोली सम्मका लागि तोकिएको छ’ निर्वाचन मण्डलका सदस्य आनन्द कोइराले क्योदाई न्यूज संग भने ‘तर अहिले सम्म को कसले उमेद्वारी दर्ता गर्नुभयो त्यो भने अहिलेनै भन्न मिल्दैन ।’ उमेद्वारी दर्ताको समय सकिएपछि भने उमेद्वारी दर्ता गर्नेहरुको नामावली सार्वजनिक गरिने उनको भनाइ छ ।

करिव १ लाख ४० हजार नेपालीहरुको बसोबास रहेको जापानमा गैर आवासीय नेपाली संघमा आबद्द सदस्यहरु संख्या भने ७ हजारको वरिपरि मात्रै छ । एनआरएनए जापानको अधिबेशन जुलाई २९ गते योकोहामामा हुँदैछ भने ३० तारिख मतदानका लागि छुट्टाइएको छ ।