१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । थाइल्यान्डका सुधारवादी नेता पिता लिम्जारोएनरतको प्रधानमन्त्री बन्ने प्रयास समाप्त भएको छ ।

४२ वर्षीय पितालाई आफ्नो उम्मेदवारीको बारेमा छलफल गर्न कक्षमा बसिरहेको बेला नाटकीय रूपमा संसदबाट बुधबार निलम्बित गरिएको छ।

निलम्बन गरेपछि उनलाई दोस्रो मतदानको लागि विचार गर्न सकिने वा नसकिने पक्षमा गरिएको मतदानमा पितालाई दोस्रो प्रयास गर्न नदिने पक्षमा बहुमत आएको थियो । यससँगै उनको सरकार हाँक्ने अभियान तत्कालका लागि अन्त्य भएको छ ।

थाइल्याण्डको संवैधानिक अदालतले सञ्चार कम्पनीमा सेयर भएको भन्दै पितालाई संसदबाट पूर्णरुपमा अयोग्य ठहर्‍याउन सक्ने गरी मुद्दा अघि बढाउने बताएपछि उनलाई निलम्बन गरिएको हो ।

थाइल्याण्डको संविधानअनुसार सांसदहरूलाई सञ्चारमाध्यमको स्वामित्व लिन निषेध गरिएको छ । यद्यपि उनको शेयर रहेको भनिएको टेलिभिजन स्टेसनले सन् २००७ देखि प्रसारण सेवा बन्द गरेको छ ।

उनको पार्टीले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको थियो । पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले लगभग एक दशकको सेना समर्थित शासनबाट निराश युवा र शहरी थाइहरूको समर्थनमा उच्च स्थान हासिल गरेको छ । तर सरकार गठनको लागि यसको प्रयासहरू असफल भएका छन् ।

आफ्नो मुट्ठी उठाएर (अभिवादन) गर्दै संसद भवनबाट बाहिरिनु पहिले भने, “हामी फेरि भेट्नेछौं । त्यतिवेलासम्म म सांसदका रूपमा बिदाइ हुन चाहन्छु ।” उनी विधानसभाको हलबाट सहयोगी दलका सांसदहरूको जयजयकारसँगै निस्किएका थिए ।

हार्वर्ड विश्वविद्यालयमा पढेका र परिवारले चलाएको एग्रिफुड व्यवसायबाट धनी बनेका पिताले उक्त शेयर आफ्नो पिताबाट विरासतमा पाएको बताएका छन् । उजलाई शेयरबारे १५ दिनभित्र जवाफ दिन समय दिइएको छ ।