१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टाेकियाे । जापानको नारितामा ‘सेकेण्ड डाइमण्ड कप’ फुटसल प्रतियोगिता हुने भएको छ । ‘स्वस्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ मूल नाराका साथ ‘नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई सहयोगार्थ’ आयोजना हुने प्रतियोगिता चिबाको नारितामा हुनेछ ।

आगामी अगस्ट २७ मा हुने उक्त प्रतियोगितामा जापानका विभिन्न क्षेत्रबाट ३० भन्दा बढी टिमको सहभागिता हुने खेल संयोजक मदन राईले जानकारी दिए ।

संयोजक राईका अनुसार प्रतियोगितामा प्रथम हुनेले ५ लाख ११ हजार १११ जापानी येन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख २२ हजार २२२ र १ लाख जापानी येनका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट खेलाडीलाई ५ हजार जापानी येन र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा भाग लिनका लागि ४१ हजार येन प्रवेश शुल्क निर्धारण गरिएको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई थप उर्जा र हौसला प्रदान गर्नका लागि विदेशी भूमिमा पनि बृहत फुटसल प्रतियोगिता गर्न लागिएको खेल इभेन्टर करण क्षेत्रीले जानकारी दिए ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमको लागि जापानबाट एक दशकपछि यस्तो प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको लागि जापानमा रहेका नेपाली फुटसल टिमहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ ।

जापानमा रहेका विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाहरूको सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताको मिडिया पार्टनर क्योउदाई न्यूज डटकम रहेको छ ।