१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । जापानले पहिलोपटक दुई जना भुटानी विद्यार्थीलाई चिकित्सा शास्त्र अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको घोषणा गरेको छ ।

ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी अध्ययन गर्न जापानमा अवसर उपलब्ध हुने जानकारी दिँदै नयाँदिल्लीस्थि जापानी राजदूतावासले भुटानको शाही निजामती सेवा आयोगसँग जापानको अन्तर्राष्ट्रिय स्वास्थ्य कल्याण विभागले जनाएको छ ।

भुटानले जापानको स्वास्थ्य विज्ञान विश्वविद्यालयसँग त्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पनि गरेको छ ।

भुटान बाहेकका दक्षिण एसियाली देशलाई लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको जापानले यसपटक थिम्पुलाई पनि सहायताको सूचीमा यसपटक समावेश गरेको छ ।

शैक्षिक आदानप्रदान र अन्तरराष्ट्रिय सहयोगलाई बढावा दिने जापान सरकारको नीतिअनुसार भुटानी विद्यार्थीहरूका लागि मात्र छात्रवृत्तिको व्यवस्था गरिएको बताइएको छ ।

छात्रवृत्ति कार्यक्रमले जापान र भुटानबीचको सांस्कृतिक समझदारी प्रवद्र्धनका साथै भुटान र जापानबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ । यसले स्वास्थ्य सेवाको क्षेत्रमा अन्तर–सांस्कृतिक संवाद र सहयोगलाई बढावा दिनेछ विश्वास भुटान सरकारले गरेको छ ।

भुटानले आफ्नो स्वास्थ्य सेवा क्षेत्रको विकासलाई प्राथमिकता दिएकामा त्यसको प्रशंसा गर्दै जापान सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।