१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापान र विश्वको सबैभन्दा शक्तिशाली सैन्य गठबन्धन नाटोले द्विपक्षीय सम्बन्धमा नयाँ युगको सुरुवात गरेका छन् ।

रुस र चीनको साझा चिन्ताको बीचमा धेरै अतिरिक्त क्षेत्रमा सहयोग बढाउने सम्झौताको पूरा भएपछि जापान र नाटोले द्विपक्षीय सम्बन्धमा नयाँ युगको सुरुवात गरेका हुन् ।

‘सहकार्य परम्परागत सुरक्षा क्षेत्रहरू भन्दा बाहिर जानेछ । साइबर, उदीयमान र विघटनकारी प्रविधिहरू र रणनीतिक सञ्चारमा विस्तार हुनेछ’ प्रधानमन्त्री फुमियो किशिदाले भने ।

बुधबार लिथुआनियाको भिल्नियसमा नेटो नेताहरूको शिखर सम्मेलनमा जापानको ट्रान्स एटलान्टिक गठबन्धनसँग हालै सहमति भएको सम्झौताको बारेमा पनि उनले जानकारी दिए । उनीहरूले व्यक्तिगत रूपमा अनुकूल साझेदारी कार्यक्रम (आईटीपीपी) गरेका जापान टाइम्सले लेखेको छ ।

नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँगको छोटो टिप्पणीमा, किशिदाले भने कि नयाँ सम्झौता बढ्दो गम्भीर अन्तर्राष्ट्रिय सुरक्षा वातावरणको प्रतिक्रियामा मात्र नभई युरोप र इन्डो प्यासिफिकको सुरक्षा ‘अविभाज्य’ छन् भन्ने मान्यतामा पनि आएको छ।