बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने र मध्य एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा महत्वपूर्ण घरेलु सुधार लागू गर्ने ६५ वर्षीय मिर्जियोयेभले प्रतिबद्धता जनाएका छन् ।
तीन जना अज्ञात उम्मेदवारविरुद्ध चुनावी मैदानमा उत्रिएका मिर्जियोयेभले आइतबारको निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी विजयी भएको प्रारम्भिक नतिजाले देखाएको छ ।
सन् २०१६ मा पहिलो कार्यकाल जित्नुका साथै सन् २०२१ मा पुनः निर्वाचित हुनुअघि उनले आफ्ना कट्टरपन्थी पूर्ववर्ती इस्लाम करिमोभको नेतृत्वमा प्रधानमन्त्रीका रूपमा काम गरेका थिए ।
यसै वर्ष भएको संवैधानिक जनमत सङ्ग्रहले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्न मार्ग प्रशस्त गरेको थियो र राष्ट्रपतिको जनादेशलाई पाँच वर्षबाट बढाएर सात वर्ष पुर्याइएको थियो । यसको अर्थ उनी सन् २०३७ सम्म सत्तामा रहन सक्नेछन् ।
पूर्व सोभियत गणतन्त्र उज्बेकिस्तानको अफगानिस्तानसँग जोडिएको रणनीतिक अवस्थिति छ । मिर्जियोयेभ राष्ट्रपति निर्वाचित भएकोमा सोमबार नै चीन र रूसका राष्ट्रपतिद्वारा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
इन्जिनियरको रूपमा तालिम लिएका मिर्जियोयेभले आफूलाई ‘नयाँ उज्बेकिस्तान’ बनाउने सुधारकको रूपमा चित्रण गर्नुभएको छ र उनले चाँडै नै कुल गार्हस्थ्य उत्पादनलाई दोब्बर अर्थात् १६० अर्ब डलर (१४६ अर्ब युरो) बनाउन चाहेको बताएका छन् ।