१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको फुकुओकामा भारी वर्षासँगैको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

मुसलधारे वर्षाले पहिरो खस्दा कम्तीमा एक जनाको मृत्यु भएको र जापानको दक्षिणपश्चिमी टापु क्युसुमा दशौं हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश गरिएको अधिकारीहरूले बताएका छन् ।

फुकुओका प्रिफेक्चरमा पहिरोमा परेर ७० वर्षकी एक महिलाको मृत्यु भएको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ।

सागा प्रिफेक्चरमा दुईवटा घरमा पहिरो जाँदा थप तीन जना बेपत्ता भएको एनएचकेले जनाएको छ।

फुकुओका र ओइटा प्रान्तका केही भागहरूमा भारी वर्षाको लागि उच्च स्तरको चेतावनी जारी गरिएको थियो।

मङ्गलबार बिहानसम्म उत्तरी क्युसुमा थप २०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान एजेन्सीको पूर्वानुमान महाशाखाका निर्देशक सातोशी सुगिमोतोले बताए। ‘पहिले नदेखेको जस्तो वर्षा यति धेरै भइरहेको छ,’ अधिकारीले भने।

हिरोशिमा र फुकुओकाको हाकाटा स्टेशनहरू बीचको शिन्कानसेन सेवा निलम्बन गरिएको जापान टाइम्सले जनाएको छ ।