बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन राजा चाल्र्सलाई भेट्न आइतबार बेलायत प्रस्थान गरेका छन् । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) शिखर सम्मेलनका लागि भिल्नियस जानुअघि उनी बेलायत भ्रमणमा जुटेका हुन् ।
बाइडेन डेलावेयरस्थित डोभर एयर फोर्स आधार शिविरबाट प्रस्थान गरी आइतबार राति अमेरिकाको प्रमुख सहयोगी यूरोपेली मुलुक बेलायत पुग्ने वासिङ्टन स्रोतले बताएको छ ।
चाल्र्स तृतीयको राज्याभिषेकमा उपस्थित नभई अमेरिकी राष्ट्रपतिले प्रथम महिला जिल बाइडेनलाई पठाइएको थियो । चाल्र्सको राज्याभिषेकपछि उनीहरूबीच पहिलो पटक सोमबार भेटवार्ता हुनेछ ।
ह्वाइट हाउसका अनुसार उनीहरुबीचको वार्ता वातावरणीय विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ । बाइडेनले १० डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकसँग पनि भेटवार्ता गर्नेछन् ।
बाइडेनको युरोप भ्रमणको मुख्य भाग मङ्गलबार र बुधबार लिथुआनियाको राजधानीमा नाटो शिखर सम्मेलन हुनेछ, जहाँ पश्चिमी सहयोगीहरूले युक्रेनलाई रूसी कब्जा र सेनाहरू हटाउन मद्दत गर्ने बारेमा छलफल गर्नेछन् ।