१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष नबिन निउरेले अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । निउरेले आज जापानको राजधानी टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्यकालका लागि अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।

सन् २००५ मा जापान प्रवेश गरेका निउरे सन् २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन् । सन् २०११ मा कान्तोउ क्षेत्रको सदस्य हुँदै अहिले एनआरएनए जापानको बरिष्ठ उपाध्यक्ष रहेका निउरेले ‘पारदर्शिता, रुपान्तरण, प्रबिधिमैत्री एनआरए जापान नेपाली समुदायको आफ्नो साथी बनाउने अभियान’ भन्ने नाराका साथ अध्यक्ष पदका लागि उमेद्वारी दिने घोषणा गरेका हुन् ।

निउरेले ८ बुंदे घोषणापत्र जारी गर्दै जापानमा रहेका नेपालीहरुले भोगेका समस्या समाधानका लागि जापान सरकारसंग आबश्यक पहल कदमी लिने लगायतका महत्वकांक्षी योजनाहरु सार्बजनिक गरेका छन् ।

‘हामी जापानमा रहेका नेपालीहरुका समस्या समाधानका लागि जापानको सरकार संग समन्यवय गरेर अगाढी बढ्ने नीति लिने छौ’ टोकियोमा आयोजित पत्रकार सम्मलेनमा निउरेले भने ‘त्यसका अलावा नेपालीहरुको योगदानका आधारमा रहेर शिव मन्दिर सहित प्रविधियुक्त बहुद्देश्यीय नेपाली हाउसको स्थापना गर्नेछौं ।’

अहिलेको कार्यसमितिले सुरु गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिने निउरेले जानकारी दिए । ‘अहिलेको कार्यकालमा जापानका विभिन्न कम्पनीसंग गरेका सम्झ्यौताहरुलाई निरन्तरता दिनेछौं’ निउरेद्वारा जारी गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

एनआरएनए जापानलाइ स्मार्ट एनआरएनए बनाउनका लागि यस संग सम्बन्धित कार्यलाई ब्यबस्थित गर्ने, एनआरएनए जापानले प्रदान गर्ने सेवाका सम्पूर्णलाइ जानकारी दिने र आइसीसीको निर्वाचनका प्रतिनिधि छनोटलाइ पारदर्शी र थप बैज्ञानिक बनाइने घोषणापत्रमा उल्लेख गरिएको छ ।

एनआरएनए जापानको ११ औं महाधिबेशन जुलाई २९ तारिख सम्पन्न गर्ने तयारी छ । अध्यक्ष पदका लागि अहिले सम्म उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, उपाध्यक्ष राजकुमार अधिकारी, महिला उपाध्यक्ष संगिता अधिकारी र महासचिव सिद्दार्थ श्रेष्ठ भावी अध्यक्षका लागि आकांक्षी देखिएका छन् । तर उनीहरुले अहिले सम्म आधिकारीक रुपमा उमेद्वारी घोषणा गरिसकेका छैनन् ।