१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । कम्बोडियाले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको बताएका हुन् ।

उनले सार्वजनिक रूपमा जारी गरेको सन्देशमा भने, “अब फेसबुकलाई कम्बोडियामा आफ्नो प्रतिनिधि राख्न दिइने छैन तर देशमा फेसबुकको पहुँच रोक्ने मेरो कुनै मनसाय छैन ।”

हुन सेनले निर्वासित राजनीतिक विरोधीहरूले गरेको ‘अपमानजनक’ टिप्पणीप्रति फेसबुकले पक्षपात गरेको आरोप लगाएका छन् ।

हुलाक तथा दूरसञ्चार मन्त्रालय (एमपीटीसी)ले शुक्रबार अबेर एक विज्ञप्ति जारी गर्दै फेसबुकका प्रतिनिधिलाई कम्बोडियाबाट निष्कासन गर्ने र कम्पनीको प्रतिनिधित्व, सरकारसँगको सम्बन्ध र निजी क्षेत्रमा साझेदारी सहयोगजस्ता सबै गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “एमपीटीसीले कम्बोडियाका प्रयोगकर्ताहरूका लागि फेसबुकको सेवाहरूमा नक्कली खाताहरू सिर्जना गर्ने, निजी सुरक्षाको जोखिम, तथ्याङ्क प्रयोग र सङ्कलन, नक्कली समाचारको प्रसार, जवाफदेहिता र पारदर्शिताको कमी, र देशको राजनीतिक मामिलामा हस्तक्षेपजस्ता अनियमितताहरू फेला पारेको जनाएको छ ।