१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । फ्रान्समा किशोरको हत्या भएको विरोधमा प्रदर्शन गर्ने कम्तीमा १५० जना पक्राउ परेका छन् । विरोधमा आधा दर्जनभन्दा बढी सहरमा आगजनी, तोडफोड र हिंसात्मक प्रदर्शन भएको प्रहरीले जनाएको छ ।

राजधानी पेरिसको दक्षिणी भागमा पर्ने एस्सोन क्षेत्रमा एक समूहले सबै यात्रुहरूलाई जबर्जस्ती ओरालेर बसमा आगो लगाएको र पेरिस नजिकैको क्लामामा गुडिरहेको यात्रुबाहक ट्राममा आगो लगाएका थिए ।

दक्षिणी सहर तुलुजमा थुप्रै कारहरूमा आगजनी गरिएको छ । अन्य दुई दक्षिणी सहर दिजोन र लियोनमा पनि थुप्रै सवारी साधनमा आगजनी गरिएको प्रहरी स्रोतलाई उल्लेख गर्दै फ्रान्सेली मेडियाहरुले जनाएका छन् ।

फ्रान्सको फेस्नेस्थित दोस्रो ठूलो जेल परिसरमा प्रदर्शनकारीहरूले आतिसबाजी र पटका पड्काएर प्रवेशद्वारमै रहेका सुरक्षामाथि हमला गरेका थिए । हिंसात्मक प्रदर्शनीले उग्र रुप लिएको भन्दै पेरिस उपनगर पालिका क्लामाले सोमबारसम्मका लागि कर्फ्यु लगाएको छ ।

करिब ५४ हजार जसंख्या भएको यस नगरपालिकाले बिहीबार राति आफ्नो वेभसाईटमा प्रेस विज्ञप्तिमार्फत् घोषणा गरेको हो । कर्फ्यु बिहीबार राति नौ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि लगाइएको छ ।

गत मंगलबार सुरक्षा अधिकारीका तर्फबाट एक किशोरको हत्या भएको आरोपमा बिहीबार दोस्रो पटक भएको प्रदर्शनले हिंसात्मक रुप लिएको हो । हिंसात्मक प्रदर्शन भएपछि १५० जनालाई गिरफ्तार गरिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।