१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । श्रीलङ्काको मन्त्रिपरिषद्ले घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको जनाएको छ।

घरेलु ऋण पुनर्संरचना कार्यक्रम अर्थ मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्को विशेष बैठकले सर्वसम्मतिले स्वीकृत गरेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले ऋण पुनर्संरचना प्रक्रियाले बैंकिङ प्रणालीको स्थायित्वमा असर नगर्ने बताएका छन् ।

अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले यसअघि संसदमा घरेलु ऋणको पुनर्संरचना गर्दा स्वदेशी ऋणीले लगानीमा पनि घाटा ब्यहोर्न बाध्य नहुने बताएका थिए ।

सियामबालापिटियाले ऋणमा अल्पकालीन रोक, ब्याज घटाउने र भुक्तानीमा ढिलाइ पनि घरेलु ऋणको पुनर्संरचना गर्ने उपाय हुनसक्ने बताएका छन् ।

श्रीलङ्काले अप्रिल २०२२ मा विदेशी ऋण तिर्न निलम्बनको घोषणा गर्योत, जब यो स्वतन्त्रता पछिको सबैभन्दा खराब वित्तीय संकटबाट प्रभावित भएको थियो ।

श्रीलङ्काले यसअघि नै अन्तरराष्ट्रिय मुद्रा कोषसँगको कार्यक्रमलाई ध्यानमा राख्दै आफ्नो बाह्य ऋणको पुनर्संरचना गर्न थालिसकेको सिन्ह्वाले लेखेको छ ।

केन्द्रीय बैंककाे तथ्यांकअनुसार श्रीलंकाको कुल ऋण लगभग ८३.६ बिलियन अमेरिकी डलर छ। वैदेशिक ऋण ४१.६ अर्ब डलर र आन्तरिक ऋण ४२ अर्ब डलर रहेको छ ।