बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । प्रस्तावित श्रीलङ्का–थाइल्याण्ड स्वतन्त्र व्यापार सम्झौता (एफटीए)मा पाँचौं चरणको वार्ता सुरु भएको छ । वार्ता सोमबारबाट कोलम्बोमा सुरु भएको हो ।
राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी)ले जनाएअनुसार आसियान देशहरूमा विशेष ध्यान केन्द्रित गर्दै प्रमुख र उदीयमान अर्थतन्त्रहरूसँग आर्थिक सम्बन्ध सुदृढ गर्ने श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेको दृष्टिकोणलाई ध्यानमा राख्दै पीएमडीले यो काम गरेको बताएको छ ।
अर्को चरणको वार्ता थाइल्याण्डमा अगस्ट २१ देखि २३ सम्म हुने तय गरिएको छ र फेब्रुअरी २०२४ सम्ममा सम्झौता सम्पन्न गर्ने गरी थप तीन चरणको कार्यक्रमको योजना बनाइएको छ ।
हस्ताक्षर मार्च २०२४ मा हुने अपेक्षा गरिएको छ । व्यापार सम्झौताको चौथो चरणको वार्ता यसैवर्ष मार्चमा भएको थियो ।
श्रीलङ्का दक्षिण एसियामा थाइल्याण्डको चौथो ठूलो व्यापारिक साझेदार हो ।
थाइल्याण्डमा श्रीलङ्काको मुख्य निर्यातमा रत्न, आभूषण, चिया, मसला, फाइबर र धातु उत्पादनहरू समावेश छन् ।
सन् २०२१ मा श्रीलङ्काले थाइल्याण्डबाट तीन सय ५५ मिलियन अमेरिकी डलरको सामानहरू आयात गरेको छ भने ५९ मिलियन डलरको वस्तुहरू थाइल्याण्डमा निर्यात गरेको छ ।