बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । जिम्बाब्वेको निर्वाचन आयोगले राष्ट्रपति इमर्सन मनाङ्गाग्वासहित ११ जना राष्ट्रपतिपदका उम्मेदवारलाई आगामी अगस्ट २३ मा हुने आमनिर्वाचनका लागि उम्मेदवार हुनका लागि योग्य ठहर गरेको छ ।
जिम्बाब्वको निर्वाचन आयोगका उपाध्यक्ष रोडनी किवाले बिहीबार राति सरकारी टेलिभिजन नेटवर्क जेडटीएनलाई दिएको जानकारीअनुसार राष्ट्रपतिपदका लागि योग्य ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन लड्नका लागि योग्य मानिएका उम्मेदवारहरूमा परिवर्तनको लागि नागरिक गठबन्धनका नेल्सन चामिसा, पूर्व जानू–पीएफका वरिष्ठ अधिकारी तथा सरकारका मन्त्री सेभियर कासुकुवेरे, संविधान सभाका नेशनल कन्स्टिच्युसनल एसेम्बलीका विपक्षी नेता लभमोर मधुकु, जिम्बाब्वे कोलिशन फर पिस एन्ड डेभलपमेन्टका ट्रस्ट सिकोहोरा, विपक्षी मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज पार्टीका डगलस मवोन्जोरा, फ्रिजिम कंग्रेसका नेता जोसेफ मकाम्बा बुशालगायत रहेका छन् ।
दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि पुनः निर्वाचित हुन चाहने मनङ्गाग्वाले शनिबार म्यानिकल र प्रान्तको चिपिङ्गेमा सत्तारुढ जानु–पिएफको घोषणापत्र र चुनावी अभियान सुरु गर्ने बताएका छन् ।