बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन् ।
भ्रमणका क्रममा बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले भारतमा धार्मिक भेदभाव नरहेको दाबी गरेका छन् । अधिकार समूह र राज्य विभागको दुर्व्यवहारको रिपोर्टको बाबजुद पनि आफ्नो सरकारमा अल्पसंख्यकहरू विरुद्ध भेदभाव भएको कुरा उनले अस्वीकार गरेका रोयटर्सले लेखेको छ ।
पत्रकार सम्मेलनमा ‘तपाईंको देशमा मुस्लिम र अन्य अल्पसंख्यकहरूको अधिकार सुधार गर्न र वाक स्वतन्त्रता कायम राख्न के कदमहरू चाल्न इच्छुक हुनुहुन्छ’ भनेर सोध्दा मोदीले उनीहरूलाई सुधार्न आवश्यक नभएको प्रतिक्रिया दिएका थिए ।
ह्वाइट हाउसमा भएको वार्ताका क्रममा बाइडेनले मोदीसँग मानवअधिकार र अन्य लोकतान्त्रिक मूल्यमान्यताबारे छलफल गरेको थिए ।
यस्तै उनले बुधबार नेशनल साइन्स फाउन्डेशनमा ‘भविष्यका लागि सीप’ कार्यक्रमलाई सम्बोधन गर्दै भारत र अमेरिकाबीचको साझेदारीले दिगो र समावेशी विश्वव्यापी वृद्धिका निम्ति चालु इन्जिनको रूपमा काम गर्ने बताएका थिए ।
दुई देशबीचको बढ्दो गतिलाई कायम राख्न प्रतिभाको व्यवस्थापन र आदानप्रदानको आवश्यकतामा प्रधानमन्त्री मोदीले जोड दिएका थिए ।
सम्बोधनका क्रममा उनले विद्यार्थीको उज्ज्वल भविष्यका लागि भारतले गरेको विभिन्न कामको चर्चा गरेका थिए ।
साथै प्रधानमन्त्री मोदीले नयाँ शिक्षा नीति ल्याइएको र शिक्षा र सीपलाई एकीकृत गर्ने योजना बनाएको बताएका थिए । स्किल इन्डिया अन्तर्गत भारतले आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, ड्रोनको क्षेत्रमा ‘१५ अर्ब मानिस’लाई दक्ष बनाएको उनको दाबी थियो ।
प्रधानमन्त्री मोदीले अमेरिकी विद्यार्थीलाई भारत आउनसमेत आग्रह गर्दै अमेरिकाका सयौँ शिक्षक पहिले देखिनै भारतमा रहेको र प्राविधिक साझेदारीमा भाग लिइरहेको बताएका थिए ।