१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।

जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । यो जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ ।

अमेरिकाले जितका लागि दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले १ सय १४ बलमा ७ चौका र १ छक्कासहित अविजित ७७ रन बनाएका हुन् ।

त्यस्तै दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । त्यस्तै ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले १२ रन बनाए ।

कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए ।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक/एक विकेट लिए ।

तस्वीर : नेपाल क्रिकेट संघ

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । अमेरिकाका लागि शायन जाहान्गिरले सर्वाधिक एक सय रनको योगदान दिए । उनले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित एक सय रनको योगदान दिएका हुन् ।

सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएका हुन् । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।

नेपालका लागि करण केसीले ४ विकेट लिए । तेस्तै गुलशन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी २ विकेट तथा ललितनारायण राजवंशीले १ विकेट लिए ।

विश्वकप छनोट प्रतियोगितामा दुई खेल खेलको नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।