१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । ग्रीसको दक्षिण–पश्चिम क्षेत्रमा डुङ्गा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । लिबियाबाट इटालीका लागि प्रस्थान गरेको एउटा माछा मार्ने डुङ्गा बुधबार ग्रीसको तटीय क्षेत्रमा गहिरो पानीमा डुबेको हो ।

उद्धारकर्ताहरूले इजिप्ट, सिरियाली, पाकिस्तानी, अफगान र प्यालेस्टाइनीसहित १०४ जना यात्रुलाई उद्धार गरेका छन् । जसमा अधिकांश पुरुष छन् । साथै आठ जना नावालीकाहरु पनि रहेका अधिकारीहरूले बताएका छन् ।

केही प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गामा ७५० जना सवार रहेका थिए । यदि यसको पुष्टि भएमा यो डुङ्गा दुर्घटना भूमध्यसागरमा अहिलेसम्मकै सबैभन्दा ठूलो घटना हुनेछ । बेपत्ता हुनेको एकीन संख्या पत्ता लगाउन कठिन भैरहेको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।

डुङ्गा डुबेको पानी भूमध्यसागरको सबैभन्दा गहिरो स्थान हो । जसको गहिराइ ५ किलोमिटरभन्दा बढी हुन सक्ने अधिकारीहरूले बताएका छन् । ग्रीसले तीन दिनको शोकको घोषणा गरेको छ र राजनीतिज्ञहरूले जुन २५ मा हुने आम चुनावको लागि प्रचार अभियान स्थगित गरेका छन् ।

सर्वोच्च अदालतका एक अभियोजकले मृत्युको परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएका छन् । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले यस घटनाबाट आफू निकै दुःखी भएको बताउँदै आप्रवासीहरूलाई खतरनाक मार्ग हुँदै यूरोप अमेरिका लाने मानव तस्करमाथि थप कारबाही गर्न युरोपेली संघ र आसपासका देशबीचको सहकार्यलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तर मानव अधिकारवादी समूहहरूले यस कारबाहीको अर्थ आप्रवासी र शरणार्थीहरू सुरक्षित देशहरूमा पुग्न लामो र खतरनाक बाटोहरू प्रयोग गर्न बाध्य भएको तर्क गरेका छन् । ‘बाँचेकाहरु निकै कठिन अवस्थामा छन् । अहिले उनीहरू स्तब्ध छन्,’ संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीको प्रतिनिधिमण्डलकी प्रमुख इरास्मिया रौमानाले दक्षिणी बन्दरगाह कलामाटाको भण्डारण ह्याङ्गरमा उद्धार गरिएका आप्रवासीलाई भेटेपछि सञ्चार माध्यमसँग भनिन्, ‘उनीहरू आफ्नो परिवारसँग सम्पर्क गर्न चाहन्छन्, उनीहरूले आफूलाई ठीक छ भनेर बताउन चाहन्छन्, र हराएका आफन्तहरूको बारेमा सोधिरहेका छन् । धेरैका साथीभाइ र नातेदारहरू बेपत्ता छन् ।’

यस्तै, एम्नेस्टी इन्टरनेशनलका आप्रवासी अनुसन्धानकर्ता एड्रियाना टिडोनाले यस घटनामा ग्रीसबाट स्पष्टता नआएकोमा संगठन गहिरो चिन्तित भएको बताइन् । डुङ्गा दुर्घटना हुनुभन्दा केही घण्टा अघि लिएको जहाजको हवाई तस्बिर फेला परेको छ । तस्वीरअनुसार खुला डेकमा मानिसहरूले भरिएको एउटा जहाज देखाएको छ । त्यसमा कतिपयले हात पसारेको देखिएको छ ।