१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

‘सदस्यता प्रमाणिकरण गर्ने कार्यमा केही ढिलाई भएकै हो तर, प्रमाणिकरण हुन बाँकी रहेका सदस्य संख्यालाइ अधार मानेर अधिबेसनको बैधानिकता माथि प्रश्न उठाउन मिल्दैन’ महा-सचिव श्रेष्ठले भने ‘उहाहरुले समयमै प्रक्रिया पुरा गरेको भए यो समस्या उत्पन्न हुने थिएन ।’

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानले सदस्यता प्रमाणिकरणको काम नसक्दै क्षेत्रहरुको अधिबेसन सुरु भएको छ । गत ११ तारिख क्युस्यु अन्तरगत फुकुओका क्षेत्रीय समितिको अधिबेसन उद्दघाटन भएर चुनावी प्रक्रियामा प्रबेस गरिसकेको छ ।

त्यस्तै ओसाका क्षेत्रीय समितिको अधिबेसन १७ तारिख र नागोया क्षेत्रीय समितिको अधिबेसन १८ तारिख गर्नेगरी तालिका सार्बजनिक भैसकेको छ । तर एनआरएनए जापानको केन्द्रिय समिति (एनसिसि)ले सदस्यता प्रमाणिकरणको अन्तिम लिस्ट आज सम्म निकाल्न सकेको छैन ।

एनआरएनए जापानका महा-सचिव सिद्दार्थ श्रेष्ठले दिएको जानकारी अनुसार ८ हजार दुइ सय २२ जनाले सदस्यताका लागि आबेदन दिएकोमा हाल सम्म ६ हजार ९ सय ३६ जनाको मात्रै सदस्यता प्रमाणिकरण भएको छ । त्यसमध्य १ हजार दुइ सय ६३ जनाको सदस्यता पेण्डिङ्गमा राखिएको छ भने २३ जनाको आबेदन अस्वीकृत भएका छन् ।

एनआरएनए जापानले क्षेत्रीय समितिहरुलाई समयसीमा तोकेर अधिबेसन गर्न निर्देशन दिने र क्षेत्रीय समितिहरुले उपयुक्त समयमा अधिबेसन सम्पन्न गर्ने प्रचलन छ । एनआरएनए जापानले एकातिर क्षेत्रीय समितिहरुलाई समयसीमा तोकेर अधिबेसन गर्न निर्देशन दिएको छ भने अर्कातिर प्रमाणिकरणको प्रक्रियामा रहेका सदस्यहरुलाई यसै महिनाको अन्तिम सम्म प्रक्रिया पुरा गर्न समय दिएको छ ।

‘अहिले सम्म प्रमाणिकरण भएका सदस्य संख्याको आधारमा क्षेत्रलाई अधिबेसन गर्न निर्देशन दिएका हौं’ एनआरएनए जापानका महा-सचिव श्रेष्ठले भने ‘प्रमाणिकरण हुन बाँकी सदस्यहरुले क्षेत्रीय निर्वाचनमा भाग लिन नपाएपनि केन्द्रको निर्वाचन प्रक्रियामा सामेल हुन पाउनेछन ।’ अहिले प्रमाणिकरण भएका सदस्य संख्याको आधारमा अधिबेसन गर्न क्षेत्रहरु सहमत भएपछी अधिबेसन गर्न लागिएको उनको भनाइ छ ।

‘सदस्यता प्रमाणिकरण गर्ने कार्यमा केही ढिलाई भएकै हो तर, प्रमाणिकरण हुन बाँकी रहेका सदस्य संख्यालाइ अधार मानेर अधिबेसनको बैधानिकता माथि प्रश्न उठाउन मिल्दैन’ महा-सचिव श्रेष्ठले भने ‘उहाहरुले समयमै प्रक्रिया पुरा गरेको भए यो समस्या उत्पन्न हुने थिएन ।’

क्षेत्रका अधिबेसन सम्पन्न भएपछि प्रमाणिकृत भएका सदस्यहरुले चुनावी प्रक्रियामा भाग लिन पाउदैनन । त्यसैले पूर्ण रुपमा सदस्यता प्रमाणिकरण गरी सदस्यहरुको अन्तिम नामावली सार्वजनिक गरेर मात्रै अधिबेसन सुरु गर्ने सस्थागत अभ्यास छ ।

एनआरएनएको अहिले प्रक्रिया अनुसार क्षेत्रको अधिबेसन सम्पन्न भएपछी सदस्यता प्रमाणिकृत भएका सदस्यहरुले मताधिकार संगै निर्वाचनमा भाग लिन पाउने अधिकार समेत गुमाउनेछन । तर महासचिव श्रेष्ठले भने क्षेत्रमा ति सदस्यहरुले मताधिकार र निर्वाचनमा भाग लिन नपाएपनि केन्द्रमा पाउने तर्क गर्छन ।

अहिलेको प्रक्रिया अन्तर्गत जाँदा सदस्यले स्वत प्राप्त अधिकार समेत गुमाउछन, त्यसैले यो प्रक्रियागत त्रुटी भयो भन्ने लाग्दैन ? भनि सोधिएको प्रश्नमा श्रेष्ठले भने ‘अबश्य पनि हाम्रा केही कमिमजोरी र हतारमा काम गर्नुपर्दा प्रक्रियागत त्रुटी भएका छन् र यो पनि एउटा प्रक्रियागत त्रुटीनै हो ।’

अहिले भएका ‘त्रुटीहरु’ बाट पाठ सिकेर आगामी दिनमा सुधार्दै जाने श्रेष्ठको भनाइ थियो । सबै क्षेत्रीय समितिहरुको अधिबेसन सम्पन्न गरी अर्को महिना एनसिसि जापानको अधिबेसन गर्नुपर्ने भएकाले पनि कमजोरी हुन पुगेको उनको स्वीकारोक्ति थियो ।