१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

जापान । जापानको गिफु प्रिफेक्चरमा रहेको सेल्फ डिफेन्स फोर्सको फायरिङ रेञ्जमा गोली चल्दा २ जनाको मृत्यु भएको छ ।

गिफु प्रीफेक्चरल पुलिसले दिएको जानकारी अनुसार ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको हिनो बेसिक फायरिङ रेन्जमा लाइभ फायर ट्रेनिङ तालिम चलिरहेका बेला गोली चलेको हो ।

गोली चलेपछि ग्राउन्ड सेल्फ डिफेन्स फोर्स मोरियाका २५ बर्षीय युवा र ५२ बर्षीय व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पछि आत्मरक्षा बलका १८ बर्षीय अधिकारीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । उनले हत्या गर्ने उद्देश्यले गोली चलाएको आशंकामा नियन्त्रणमा लिएको एनएचकेले जनाएको छ ।

रक्षा मन्त्रालयका अधिकारीहरुका अनुसार बिहान करिब ९ बजे सुटिङ रेन्जमा सुटिङ तालिम सुरु भएको र त्यसको लगत्तै तीन जनालाई ताकेर गोली प्रहार भएको प्रहरीलाइ उद्दृत गर्दै एनएचकेले समाचार छापेको छ ।

घटना पछि जापानका रक्षामन्त्रीले हामादाले माफी माग्दै घटनाबारे अनुसन्धान भैरहेको बताएका छन् । तालिम गर्दा बुलेट प्रुफ भेस्ट लगाए नलगाएको बारे पनि अनुसन्धान भैरहेको रक्षामंत्रीले जनाएका छन्।