१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । युक्रेनको दक्षिणी भागमा रहेको जलविद्युत आयोजनाको बाँधमा बिस्फोट भएको छ । बिस्फोट बारे आधिकारिक विवरणहरु सार्बजनिक भैनसके पनि रुस र युक्रेनबीच आरोप प्रत्यारोप भैरहेको रोयटर्सले समाचार प्रकाशन गरेको छ ।

रोयटर्सका अनुसार बिस्फोट पछि सो क्षेत्रमा बाढी आउँदा करिव ४२ हजार मानिसहरु प्रभावित भएका छन् । युक्रेनले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई अन्यत्र सर्न अनुरोध गरेको छ भने रुसले तत्काल अन्यत्र स्थान्तरण गर्न जरुरी नरहेको बताएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उक्त बिस्फोटमा कस्को हात छ भन्ने प्रष्ट भैनसके पनि रुस र युक्रेनले एकअर्कालाइ आरोप लगाइरहेको रोयटर्सले जनाएको छ । यस बिषयमा छलफल गर्न युक्रेनका राष्ट्रपति भलादिभिर जेलेन्स्किले आकस्मिक बैठक बोलाएको पनि समाचारमा जनाइएको छ ।

यस्तै जापानको एनएचकेले प्रकाशन गरेको समाचार अनुसार यसै बिषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ । बैठकको सुरुमा मानवीय मामिलाका लागि संयुक्त राष्ट्रका उप-महासचिव ग्रिफिथ्सले संयुक्त राष्ट्रले बाँधको विनाश निम्त्याएको परिस्थितिको बारेमा स्वतन्त्र जानकारी प्राप्त गर्न नसकिएको बताएका छन् । उनले भनेका छन् ‘निजी पूर्वाधारमा क्षति पुर्र्याउने हिसाबले यो सबैभन्दा गम्भीर घटना हुनेछ।’

यसपछि धेरै देशले नागरिक पूर्वाधारमा हुने आक्रमण तत्काल बन्द गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत वुडले बाँध भत्किनुको कारणबारे अनुसन्धान भइरहेको बताउदै भनेका छन् ‘यदि रुसले युक्रेन विरुद्ध क्रूर युद्ध सुरु नगरेको भए यो मानवीय संकट हुने थिएन।’

रुसको चौतर्फी आक्रमणका कारण निर्दोष मानिसहरूको जीवन खतरामा परिरहेको भन्दै उनले युक्रेनका जनताको जीवन रक्षाका लागि आब्हान गर्दै रुसी सेनालाई युक्रेन माथिको आक्रमण तत्काल रोक्न आग्रह गरे ।

यस्तै संयुक्त राष्ट्र संघका लागि युक्रेनका राजदूत किस्लित्साले रुसको कडा निन्दा गर्दै रुसले बम विस्फोट गराएर सबैभन्दा ठूलो मानव निर्मित विपत्ति निम्त्याएको आरोप लगाएको एनएचकेको समाचारमा उल्लेख छ ।

अर्कोतर्फ, संयुक्त राष्ट्रका लागि रुसका राजदूत नेबेन्ज्याले बाँध माथिको आक्रमण युक्रेनी शासनले गराएको भन्दै उक्त कार्यलाइ ‘सोच्न नसकिने अपराध’ भनेका छन् । विस्फोटका सन्दर्भमा युक्रेन र पश्चिमा राष्ट्रहरूले गलत सूचना फैलाइरहेको समेत उनले आरोप लगाएका छन् ।