१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । टोकियो स्थित नेपाली दुतावासले जापानमा रहेका सम्पूर्ण नेपालीहरुको अभिलेख राख्न सुरु गरेको छ । गणतन्त्र दिवसका अबसरमा दुतावासले आयोजना गरेको एक कार्यक्रममा जापानका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुबेदीले जापानमा रहेका सबै नेपालीहरुको अभिलेख राख्ने घोषणा गरे लगत्तै दुतावासले बिज्ञप्ति मार्फत अभिलेखीकरण सुरु भएको जनाएको हो ।

राजदुत सुबेदीले घोषणा गरेको भोलिपल्ट मंगलबार दुतावासले बिज्ञप्ति जारी गर्दै जापानमा रहेका नेपालीहरुको अभिलेखीकरण गर्ने कार्यक्रम सुरु भएकाले सबैलाई सहयोग गर्न आग्रह गरिएको छ ।

‘राजदूतावासमा रहने उक्त अभिलेखमा आफ्नो विवरण दर्ता गर्नुहुन समस्त जापानवासी दाजुभाइ तथा दिदीबहिनीहरुलाइ राजदुतावास हार्दिक अनुरोध गर्दछ।’ दुतावासद्वारा मंगलबार जारी बिज्ञप्तिमा भनिएको छ। दुतावासले गैर आवासीय नेपाली संघ जापान लगायत जापानमा क्रियासिल संघ सस्थाहरुको सहयोगमा नेपालीहरुको अभिलेख तयार पार्न लागेको बिज्ञप्तिमा उल्लेख गरेको छ।

डिजिटल अभिलेखीकरणका लागि दुतावासको वेब साइडमा यथाशीघ्र सिस्टमको डेब्लप गरिने पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ । तर, अभिलेखीकरणका लागि के कस्ता कागजपत्रको आबश्यक पर्ने हो बिज्ञप्तिमा उल्लेख गरिएको छैन ।

जापानमा रहेका कतिपय नेपालीहरुले यहीको राहदानी लिएका छन् । राहदानी लिएका तर दूतावासमा जानकारी नगराएका नेपालीहरुको अभिलेख कसरी राख्ने भन्ने बिषयमा दुतावासको बिज्ञप्ति मौन छ ।

जापानको राहदानी प्राप्त गरेको तर नेपाली दुतावासलाई जानकारी नगराएको खण्डमा नेपालको नागरिकता र पासपोर्ट पनि रद्द हुँदैन । यसको मतलब जापानको राहदानी लिएको जानकारी दुतावासलाई नगराएका व्यक्तिहरुले दोहोरो पासपोर्ट बोक्ने सम्भावना बढी हुन्छ। जुन, नेपाल र जापान दुवै देशको कानूनले बर्जित गरेको छ ।

यसैबीच दुतावासको फोन नउठेको भनी ब्यापक गुनासो बढेपछि दुतावासले हटलाइन नम्बरको ब्यबस्ता गरेको छ । दुतावासले आज एक बिज्ञप्ति मार्फत हटलाइन नम्बरको ब्यबस्ता गरेको जानकारी दिएको हो । दुतावासका अनुसार अब नेपालीहरुले ०३-३७१३-६२४१ नम्बरमा टेलिफोन गरेर आबस्यक जानकारी लिन सक्नेछन ।