१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

भारतीय क्रिकेट बोर्डको शर्तसंग श्रीलंका क्रिकेट काउन्सिल (एसएलसी) सहमत छ । सन् २००९ मा पाकिस्तानको लाहौर श्रीलंकाको क्रिकेट टीम लाइ लक्षित गरी केही बन्दुकधारीहरुद्वारा आक्रमण भएको थियो ।

काठमाडौ । एसीसी प्रिमियर कपको फाइनल खेलमा युएइलाइ ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कप च्याम्पिएन त बन्यो नै त्योसंगै करिव दुइ दशक पछि दोश्रो पटक एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो।

यसअघि सन् २००२ मा पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो । २१ वर्ष अघि एसीसी ट्रफीबाट नेपाल एसिया कपमा प्रवेश गरेको थियो । तर त्यतिबेला भारत र पाकिस्तानबीचको युद्धका कारण प्रतियोगिता हुन नसक्दा भारत र पाकिस्तानसंग खेल खेल्ने अवसर नेपालले गुमाएको थियो।

एसिया कप हुने कि नहुने भन्ने बिषयमा अहिले पनि अन्यौलता कायमै छ । पाकिस्तान आयोजक रहेको एसिया कप २०२३ मा भारतीय पक्षले सुरक्षाको कारण देखाउदै आफ्ना खेलाडीहरु पाकिस्तान जान नसक्ने बताइरहेको छ । संगै उसले एसिया कप २०२३ पाकिस्तान बाहेकका देशमा आयोजना हुनुपर्ने शर्त अघि सारेको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले एसिया कप २०२३ पाकिस्तान बाहेकका मुलुकमा हुनुपर्ने अडान लिएको छ । नव भारत टाइम्सका अनुसार बिसिसिआइले सबै खेलहरु दुबैमा हुनुपर्ने बताएको छ । ‘अहिले सम्म खेल रद्द या स्थगित गर्ने बिषयमा कुनै छलफल भैसकेको छैन’ एसिया क्रिकेट काउन्सिलका अधिकारीलाइ उद्धृत गर्दै नव भारत टाइम्सले लेखेको छ ‘यो बिषयमा कहिँ कतै बाट अहिले सम्म कुनै प्रस्ताब समेत आएको छैन ।’

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भारतीय टिम सम्मिलित प्रतियोगिताहरु अन्यत्र आयोजना गरेपनि अरु टिमबीच हुने प्रतियोगिता पाकिस्तानमै गर्नुपर्ने जिकिर गर्दै आइरहेको छ । तर यसमा भारतीय क्रिकेट बोर्ड सहमत भएको छैन । उसले सबै खेलहरु पाकिस्तान बाहेकका देशमा संचालन गर्नुपर्ने शर्त अघि सारेको छ ।

भारतीय क्रिकेट बोर्डको शर्तसंग श्रीलंका क्रिकेट काउन्सिल (एसएलसी) सहमत छ । सन् २००९ मा पाकिस्तानको लाहौर श्रीलंकाको क्रिकेट टीम लाइ लक्षित गरी केही बन्दुकधारीहरुद्वारा आक्रमण भएको थियो ।

२००९ मा भएको उक्त आक्रमणलाइ आधार मान्दै भारत र श्रीलंकाले एसिया कप अन्तर्गतका खेलहरु अन्यत्र संचालन गर्नुपर्ने शर्त अघि सार्दै आइरहेका छन् । भारत र पाकिस्तानबीचको यहि टकराबका कारण एसिया कप २०२३ हुने नहुनेमा अन्यौल छ ।

विश्व बिजेता भारत र पाकिस्तानसंग खेल खेल्न नेपाल उत्साहित छ । नेपालले एसीसी प्रिमियर कपको बिजेता बन्दै २१ वर्ष पछि पुनः एसिया कपमा आफ्नो स्थान पक्का बनाएको छ। तर २१ वर्ष पछि पनि परिस्थिति ठिक उस्तै छ, जस्तो २००२ मा थियो । ‘हामी भारत र पाकिस्तान जस्ता टिमहरु संग गेम खेल्न उत्साहीत छौ’ युएइलाइ फाइनलमा पराजित गरेपछि नेपाल क्याप्टेन रोहित पौडेलले भनेका थिए ‘सन् २००२ को जस्तो स्थिति नहोस भन्ने कामना गर्दछौ।’

भारत र पाकिस्तानबीच कुरा मिलेर निर्धारित समयमै एसिया कप सुरु भएको खण्डमा सेप्टेम्बर ६ मा नेपालले भारतसंग पहिलो खेल खेल्नेछ भने सेप्टेम्बर ९ मा पाकिस्तान संग । यदि दुइदेशबीच कुरा नमिलेर एसिया कप रद्द भएको खण्डमा सन् २००२ मा जस्तै नेपालको सपना पुनः एकपटक तुइने सम्भावाना छ ।