१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । वर्षाका कारण पहिलो इनिङ्गमै रोकिएको नेपाल र युएइबीचको बाँकी खेल मंगलवार हुने भएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टियु क्रिकेट खेल मैदानमा भैरहेको नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण २७.३ ओभरमा रोकिएको थियो ।

भोलिका लागी सरेको खेल आजकै अवस्था बाट सुरु हुने नेपाल क्रिकेट संघले जनाएको छ । खेल रोकिंदा युएइ २७.३ खेल्दै ९ विकेटको क्षेतिमा १०६ रन जोड्न सफल भएको छ । नेपालका लागि ललित राजवंशीले २७ ओभरको तेश्रो बल फालेपछि खेल स्थगित भएकाले भोलि बिहान २७ ओभरको चौथो बल ललितलेनै गर्नेछन।

टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले बलिङमा युएइ माथि सुरु देखिनै दवाबमा राखेको थियो । नेपालका लागि ललित राजवंशीले लगातार २ विकेट लिएर ह्याट्रिकको प्रतिक्षा गरिरहेका छन् । भोलि हुने फाइनल खेल आजकै निरन्तरता भएकाले पहिलो बलमै विकेट झार्न सके ललितको ह्याट्रिक हुनेछ । आजको खेलमा ललितले युएइका आसिफ खान र जाहुर खानको विकेट लिएका हुन् ।

खेल सुचारु हुने आशामा प्रतिक्षारत दर्शकहरु। तस्बिर: नेपाल क्रिकेट संघ

यसअघि सन्दीप लामिछानेले आयन अफ्जल खानलाई कुशल मल्ल मार्फत क्याच गराएका थिए । नेपालका लागि करण केसीले २, ललित राजवंशीले ३, सन्दिप लामिछानेले २ विकेट लिए भने गुल्सन झा र सोमपाल कामीले १/१ विकेट लिएको अबस्थामा आजको खेल स्थगित भएको छ । बर्षाले खेल रोकिएपनि दर्शकहरुले अन्त्य सम्म खेल सुचारु हुने आशामा प्रतिक्षा गरिरहेका थिए । दर्शकहरुले नेपाली क्रिकेटप्रति अबिश्वनिया माया देखाएको भन्दै क्यानले दर्शकहरुलाई धन्यवाद समेत व्यक्त गरेको थियो।

खेल सुचारु हुने आशामा प्रतिक्षारत दर्शकहरु। तस्बिर: नेपाल क्रिकेट संघ

भोलि पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ ।