बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं। नेपाली क्रिकेट टिम आज बर्षौ देखिको सपना पुरा गर्ने लक्षका साथ टियु मैदानमा उत्रदैछ । काठमाडौंमा जारी एसीसी क्रिकेट कपको फाइनल खेल्न मात्रै मैदान छिर्ने छैन नेपाल, उ त बर्षौ देखिको सपना साकार पार्ने अठोट बोकेर एक स्टेप अघिको लक्ष भेट्टाउने उद्देश्य लिएर प्रवेश गर्नेछ मैदानमा ।
पछिल्ला खेलमा राम्रो लय समातेको नेपाल सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने एसिया कप क्रिकेटमा क्रिकेटका विश्व महारथी भारत र पाकिस्तानसंग खेल्ने उद्देश्य सहित आज नेपालले टियु क्रिकेट मैदानमा बल र ब्याट उचाल्नेछ ।
नेपाल एसीसी प्रिमियर कपमा समूह बिजेताको रुपमा फाइनल प्रवेश गरेको हो। उसले समूह ए मा रहेर मलेसिया, ओमान र कतारलाई हरायो भने बर्षाका कारण खेल रद्द हुँदा साउदी अरबसँग अंक बाड्यो ।
मोन्टी देशाई प्रमुख प्रशिक्षकका रूपमा नेपाल प्रवेश गरी राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सम्हालेयता नेपालको टिम अविश्वसनीय लयमा छ । उनको प्रवेश पछि भएका १३ एकदिवसीय अन्तराष्ट्रिय खेलमा १२ खेलमा जीत हाँसिल गरेको छ ।
‘नेपाली टिम अविश्वसनीय लयमा भैरहेका बेला युएइको खेलमा भने धेरै उतारचढाव छन्’ अनलाइन खबरका खेलकुद पत्रकार कुशल तिमल्सिनाले भने ‘पछिल्ला खेलहरुमा नेपाल अत्यन्तै आत्माबिश्वासी देखिएकाले पनि एसिया कप खेल्ने हाम्रो लक्ष पुरा हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।’
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहीत पौडेलले भारत र पाकिस्तान जस्ता देशसंग खेल्न पाउनु ठुलो अवसर भएकाले कुनै दवाबमा नपरी खेल खेल्ने बताउछन । ‘हामी एक स्टेप अघिको लक्ष भेट्नका लागि कुनै दवाब बिना खेल्नेछौ’ पौडेलले भनेका छन् ‘दवाबको सामना गरेर खेल्नुनै हाम्रो रणनीति हुनेछ।’
टस जितेर युएइलाइ ब्याटिङ्गको निम्तो
युएइ बिरुद्द टस जितेर नेपालले फ़िल्डिङ रोजेको छ। त्रीबी क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने एसीसी प्रिमियर कपको फाइनलमा टस हारेर युएइले ब्याटिङ्गको निम्तो पाएको हो ।
आजको खेलमा नेपालका अल राउण्डर दिपेन्द्रसिहं ऐरी बेन्चमा रहनेछन भने यसअघि कुबेत बिरुद्दको खेलमा बेन्चमा राखिएका गुलसन झा खेलमा फर्किएका छन् । आज पानी परेर खेल रोकिएको अबस्थामा फाइनल खेल भोली खेलाइने क्यानले जनाएको छ।