१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले कुबेत बिरुद्द ब्याटिङ्ग गरिरहेको छ । टस हारेर ब्याटिङको निम्तो नेपालका तर्फबाट कुशल भुर्तेल र आसिफ सेखले ओपनिङ्ग गरेका थिए । कुशल भुर्तेल ४३ रन बनाएर पेभेलियम फर्किएका छन्। भुर्तेलको ठाउमा आएका भिम सार्की पनि डक आउट हुँदा नेपालको टोटल स्कोर ७८ पुगेको छ।

ओपनर आसिफ सेखलाइ साथ दिन क्याप्टेन रोहित पौडेल क्रिज प्रवेश गरेका छन्। नेपालले आजको खेलमा गुलसन झा लाई बेन्चमा राख्दै तीव्र गतिका बलर करण केसीलाई प्लेइङ ११ मा समावेश गरेको छ । आजको खेलमा नेपालले कुवेतलाई हराएको खण्डमा फाइनल प्रवेश गर्ने छ ।

आजको सेमिफ़ाइनलमा कुबेतलाइ हराएको खण्डमा नेपालले ओमान या यूएईसँग फाइनल भिड्ने छ । समूह चरणको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने खेलमा ओमानलाई ८४ रनले हराएको थियो । तेस्रो खेलमा साउदी अरबसँग अंक बाँडेपनि नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको थियो । समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह ए को विजेता बनेको थियो ।

मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा यूएईविरुद्ध ओमानले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपालका ११ खेलाडीहरु

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी