बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
फूल्ने आयु थोरै । तर, जापानीहरूलाई वर्षभरी खुशी बनाउन अहिले सडक आसपास र पार्कमा आफ्नै आयु घटाइरहेछ साकुरा अर्थात् पैँयुको फूल । दुई हप्ता भन्दा बढी समय नरहने भएकाले छोटो समयमै यसले मानिसको मन जितेको छ, अनि साहित्यकारको शब्दमा सजिएको छ । त्यसैले अहिले जापानीहरू यसै सँग रमाउन पार्कमा निस्किएका छन् । हानामी पार्टी (फूल हेर्ने उत्सव)मा रमाएका भेटिन्छन् । फेदमुनि गएर मिठोमसिनो परिकार खान्छन् । र, फूलकै मुनी बसेर साटिरहेका छन् वर्ष भरीका सुख–दुःखका अनुभव ।

फूल नजिकै पुग्दा क्यामरामा फूलको जोवान कैद नगर्ने सायदै कम भेटिन्छन् यहाँ । त्यसैले होला देख्न साथ फूलसँग रमाउनेहरूको मुखबाट निस्कन्छ, ‘आहा ! साकुरा ।’ अन्य देशमा यसको महत्व फरक फरक होला तर, साकुरा सँगै रमाउने जापानीको प्रचलन नै हो । दुई साता साकुरा आसपासमा रमाए वर्ष नै शुभ रहने उनीहरूको विश्वास पुरानो छ । त्यसैले हुनुपर्छ यसले जापानको राष्ट्रिय फूल बन्ने मौका पाएको ।
जापानको व्यस्त जीवनशैलीलाई आत्मासाथ गर्दै छुट्टीको दिन अधिकांश मान्छेहरू साकुरासँगै रमाइरहेका देखिन्छन् । हरेक वर्ष वसन्त ऋतु आगमनको घोषणा गर्दै फूल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । जापानमा पुरातन समयदेखि साकुरा वसन्तको आगमनको संकेत गर्ने रुखको रूपमा परिचित छ । जापानको मौसम विज्ञान एजेन्सिका अनुसार यस वर्ष गत वर्ष भन्दा एक हप्ता अघि साकुरा फूलेको छ । मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म यस वर्ष जापानमा साकुरा फूल्ने छ ।

केही दिन अघिसम्म पात झरेर नाङ्गा बनेका रुखहरूले पनि साकुरालाई साथ दिँदै हरिया बनेका छन् । आँफु अनुकुल फूलेका छन् । नेपालको पहाडी भेगमा हुने पैँयुको फूललाई नै जापानमा साकुरा भनिन्छ ।
जापानमा हरेक वर्ष अप्रिल महिनाबाट नयाँ शैक्षिक शत्रको सुरु हुन्छ । नयाँ कम्पनीमा काम गर्नेहरूको काम सुरु हुने र आर्थिक साथै प्रशासनिक क्षेत्रमा नयाँ वर्षको प्रारम्भ हुने महिना पनि अप्रिल नै भएकाले यहाँ नागरिकहरू पनि साकुरा जस्तै नयाँ उमंगका साथ यसै महिनाबाट आफुलाई पूmलाउन सुरु गर्छन् । त्यसैले भनिन्छ, ‘यहाँ साकुरा सँगै जीवन फूल्छ ।’

जापानमा ३ सय प्रजातिका साकुराका रहेका छन् । प्रत्येक कोपिलाबाट धेरै फूल फूल्ने साकुराको विशेषता हो । हेयान कालमा लेखिएको जापानी कविताहरूको सङ्ग्रह ‘कोकिन वाकासु’मा साकुरालाई वसन्त फूलहरूको प्रतिकको रूपमा उल्लेख गरिएको छ । र, साकुराको प्रशंसा गर्ने अवधि जापानमा हेयान कालबाट नै रहेको विश्वास गरिन्छ । यहाँ साकुरा हेरेर कविले कविता र गीतकारले नयाँ ‐नयाँ गीतहरू पनि सिर्जना गर्ने गरेका छन् ।
अघिल्ला वर्षहरूमा कोरोनाका कारण साकुरा हेर्न आयोजना गरिने सार्वजनिक कार्यक्रम बन्द गरिएको थियो । तर, यो वर्ष खुल्ला गरी हानामी पार्टी गर्न दिइने जापान सरकारको घोषणासँगै विदेशी पर्यटकहरू पनि बढेको पाइन्छ । साकुरा हेर्न कै लागि विदेशी पर्यटकहरू जापान आउँछन् ।

जापानी अनलाइन लाइभ जापानको सर्वेक्षण अनुसार, कोभिड अघि साकुरा हेर्न चीन, म्यानमार, भियतनाम लगायत देशका पर्यटकको आगमन धेरै थियो भने यस वर्ष अमेरिका र युरोपबाट पर्यटक धेरै आएका छन् ।
नेपालबाट ल्याइएको थियो ‘हिमालय साकुरा’
जापानमा नोभेन्बर र डिसेम्बर महिनामा हिमालय साकुरा फूल्ने गर्छ । नोभेन्बर र डिसेम्बरमा फूल्ने साकुरालाई जापानीज नागरिक हिमालय साकुरा भन्ने गर्दछन् । यो साकुरा नेपालबाट ल्याइएको हो भन्ने चर्चा पनि जापानमा चल्ने गरेको छ ।
नेपालबाट टोकियो विश्वविद्यालयमा अध्ययन गर्न आएको बेला तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९६८ मा आतामी सहरमा कोसेली स्वरूप बिरुवा दिएका थिए । सोही साकुराको नाम हिमालय साकुरा रहेको छ । यसको रंग अप्रिलमा फूल्ने साकुरा भन्दा केही रातो रहेको छ । राजा विरेन्द्रले चिनो स्वरूप दिएको साकुरा जापानको आतामीमा फूल्यो भनेर जापानी मिडियाले पनि समाचार प्रकाशित गर्ने गरेका छन् ।
…अनि जापानीजले रोपेका थिए नेपालमा साकुरा
जापानका नेपालीहरू पनि साकुरासँग रमाउने गरेका छन् । नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले २०७४ सालको मंसिरमा जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न १२ जनाको जापानीज नागरिकको समूह नेपाल गएको थियो । साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले २३ देशका ३५ शहरमा साकुरा रोपेका छन् ।
नेपालमा त्यस वर्ष दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन काठमाडौँको गोकर्णेश्वर नगरपालिकाकामा रहेको राष्ट्रिय शहीद स्मारक गोकर्णमा डेढ फिट उचाइका २०० साकुराका विरुवा रोपिएको थियो ।
(यो फिचर नेपालको अनलाइन खबरमा यसअघिनै प्रकाशन भैसकेको छ । सोही फिचर लेखकको अनुमतिमा हामीले पनि प्रकाशन गरेका हौँ । -सम्पादक)