बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानको अध्यागमन विभागले सन् २०२२ मा ४८ जना नेपालीहरु भिषा रद्द गरेको छ। जापानमा प्रचलित कानून र बिदेशीहरुका लागि लागु गरिएका मापदण्ड बिपरित काम गरेको खण्डमा जापानले आबश्यकता अनुसार भिषा रद्द गर्ने गर्दछ।
जापानको अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सबै भन्दा धेरै बिद्यार्थीहरुको भिषा रद्द भएको छ । कुल ४८ नेपालीको भिषा रद्द भएकोमा ४१ जना बिद्यार्थीहरु मात्रै छन् ।
त्यस्तै वोर्किङ्ग (इन्जिनियर/मानविकी/अन्तर्राष्ट्रिय सेवामा विशेषज्ञ) ३ जना, वोर्किङ्ग (कूक) २ जना, वोर्किङ्ग (बिशिष्ट कौशल २ ) १ र जापानी संग बिहे गरेका १ गरी ४८ जनाको भिषा रद्द भएको अध्यागमन विभागले सार्बजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कुल १ हजार १२५ बिदेशीको भिषा रद्द भएकोमा भियतनाम ८०४ सहित पहिलो नम्बरमा रहेको छ भने अघिल्लो वर्ष भिषा रद्द हुने चिनिया नागरिकको संख्या १४६ रहेको छ।