१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको सेन्दाई स्थित खान्क्यु जापानी भाषा स्कूलमा आएका ९ जना बिद्यार्थीहरुको स्कूल फी नतिरेर बिद्यार्थी अलपत्र पारेको काठमाडौंको मिराकल्स कन्सल्टेन्सिका संचालक सुमन सिङ गोतामे क्षेत्रीलाइ प्रहरीले पक्राउ गरेको छ ।

बिद्यार्थीहरुलाई ठगी गरेको बिषयमा संचार माध्यमहरुमा समाचार प्रकाशन /प्रशारण भए लगत्तै बिद्यार्थीका आफन्तहरुले प्रहरीमा उजुरी दिएपछि क्षेत्रीलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘उनलाई ठगीको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो’ प्रहरीलाई उद्दृत गर्दै काठमाडौं बाट पत्रकार युवराज कंडेलले भने ‘प्रहरीले अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद समेत लिएको छ।’

विद्यालयले शुल्क नतिरेको भन्दै ९ जना बिद्यार्थीहरुलाई निष्कासनको तयारी गरेको बिषय सार्वजनिक भएपछि कन्सल्टेन्सीका संचालकले विद्यालयले आफुलाई दिनपर्ने कमिसन रोकेका कारण ति बिद्यार्थीहरुको फि ‘पेण्डिङ्ग’मा राखेको संचालकले संचारमाध्यमहरु समक्ष स्वीकार गरेका थिए ।

कन्सटेन्सिका संचालक अनुसन्धानमा तानिए पछि खान्क्यु जापानी स्कूलमा कार्यरत केही नेपालीहरु समेत अनुसन्धानमा तानिने प्रहरीले जनाएको छ । ‘ठगीमा संलग्नता बारे विभिन्न कोण बाट अनुसन्धान सुरु गरिनेछ’ प्रहरीले भनेको छ ‘उक्त बिद्यालयमा कार्यरत केही कर्मचारीहरुको समेत संलग्नताको आशंका छ, यो बारे पनि छानविन हुन्छ ।’

बिद्यालयमा कार्यरत कुनकुन कर्मचारी छानबिनको दायरामा आउने हुन् त्यो बारे प्रहरीले केही खुलाएको छैन । तर, उक्त बिद्यालयमा कार्यरत मनि खड्काको संलग्नता बारे पनि प्रहरीले अनुसन्धान गर्न लागेको बुझिएको छ ।

तर खड्काले भने आफ्नो संलग्नतालाइ अस्वीकार गरेका छन् । ‘बिद्यालय र कन्सल्टेन्सी सम्बन्ध भएकाले म एउटा कर्मचारीका रुपमा मात्रै गोतामे संग सम्पर्क गरेको हुँ, त्यो बाहेक उनि र उनको कसल्टेन्सी संग मेरो व्यक्तिगत सम्बन्ध छैन’ खड्काले भने ‘कन्सल्टेन्सीको वेब साइडमा मेरो फोटो राखेको बारे मलाई कुनै जानकारी थिएन ।’

कन्सलटेन्सीले आफूखुसी आफ्नो फोटो राखेको बिषयमा साइबर ब्यूरोमा उजुरी दिने खड्काले जानकारी गराए ।

यता निष्कासनको तयारी गरिएका बिद्यार्थीलाइ बिद्यालयले छलफलका लागि बोलाएको छ । ‘विद्यालयले हामीलाई छलफलका लागि बोलाएको छ’ बिद्यार्थीहरुले भने ‘अरु के हुन्छ त्यसपछिनै थाह होला।’