१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको सेन्दाई स्थित खाइक्यु जापानीज भाषा बिद्यालयको ब्यबस्थापन पक्षले नेपालको मिराकल्स कन्सल्टेन्सीलाइ कमिसन दिन बाँकी रहेकाले ९ जना बिद्यार्थीको फी नतिरेको कन्सल्टेन्सीको आरोपलाई खण्डन गरेको छ।

उक्त बिद्यालयमा अध्ययनका लागि जापान आएका बिद्यार्थीको स्कूल फी ड्यू रहेको भन्दै बिद्यार्थीलाइ निष्कासन गर्ने प्रक्रिया थालिएको बिषयमा क्योदाई न्यूज संग कुरा गर्दै कन्सल्टेन्सीका संचालक सुमन सिङ गोतामे क्षेत्रीले विद्यालयले आफुले पाउने कमिसन नदिएका कारण स्कूल फी नपठाएको बताएका थिए ।

‘हामीले उक्त कसल्टेन्सिलाइ कमिसन नदिएर फी रोकिएको भन्ने कुरा गलत हो’ बिद्यालयका मनि खड्काले भने ‘नियमानुसार पाउन पर्ने कमिसन रोकिएको छैन, प्रक्रियामा रहेको बढीमा ५ लाख रोकिएको चाही हो ।’

त्यस्तै केही बिद्यार्थीहरुको ओरिजिनल डकुमेन्ट बिद्यालयमै रोकिएको बिषयमा सोमबार सबै डकुमेन्ट नेपाल पठाउने बिद्यालयले जनाएको छ । ‘कन्सल्टेन्सीले बदमासी गरेपछि ८ जना बिद्यार्थीहरुको ओरिजिनल डकुमेन्ट हामी संगै छ’ खड्काले भने ‘डकुमेन्ट पठाउन हामीलाई समस्या छैन, सोमबार पठाउछौ ।’

अध्ययनका लागि जापान आउने बिद्यार्थीहरु शैक्षिक प्रमाणपत्रको ओरिजिनल अध्यागमनमा पेस गर्न पर्ने जापनको नियम छ । कन्सल्टेन्सीले अध्यनका लागि आएका ९ जना बिद्यार्थीको फी नतिरेका कारण बिद्यार्थी तनावमा परेको समाचार क्योदाई न्यूजले हिजो प्रकाशन गरेको थियो ।

यस्तै नेपाल स्थित मिराकल्स कन्सल्टेन्सीले भने बिद्यार्थीहरुको फी रोकिएको बिद्यालय र आफूहरुको आन्तरिक कारण भएकाले बिद्यालय संग कुराकानी गरेर टुंगो लगाउने बताएको छ । ‘हामी उहाहरु संग आज कुरा गरेर यो समस्याको समाधान खोज्छौ’ कन्सल्टेन्सीका संचालक सुमन सिङ गोतामे क्षेत्रीले भने ‘बिद्यार्थीहरुलाई हामीले समस्यामा पर्दैनौ र पार्नुपनि हुँदैन तर हाम्रा कुराहरु पनि विद्यालयले मिलाइदिनु पर्छ ।’

उनले आगामी सोमबार सम्म समस्या समाधान हुने ठोस नतिजा निकाल्ने प्रतिबद्दता समेत जनाएका छन् । आफुहरुले बिद्यार्थीका अविभावकहरु संग पनि नियमित कुराकानी गरिरहेको बताएका छन् ।