१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

जापान । आइटी इन्जिनियरहरुका लागि विशाल क्षेत्र मानिने आमाजोनले अमेरिकामा यो बर्षको पहिलो महिनामा १८ हजार आइटी कर्मचारी कटौती गरेको छ । आमाजोनले आर्थिक मन्दीका कारण कर्मचारी कटौती गर्नुपरेको उल्लेख गर्दै थप ९ हजार कर्मचारी कटौतीको घोषणा समेत गरेको छ ।

आमाजोनका सीइओ एन्डी जसीले आफ्नो आधिकारीक ब्लगमा कर्मचारीहरुलाई सम्बोधन गर्दै लेखेको पोस्टमा आर्थिक मन्दी र श्रम लागत लगायतका कारणले कर्मचारीहरु कटौती गर्नुपर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन् ।

आमाजोनले यस वर्षको जनवरीमा मात्र १८ हजार कर्मचारी कटौती गर्नु र थप ९ हजार कर्मचारी कटौतीको घोषणा गर्नुलाइ सामान्य मान्न नसकिने अन्तराष्ट्रिय संचार माध्यमहरुले विश्लेषण गरेका छन् ।

अनिश्चित आर्थिक अवस्थाका कारण श्रम लागत र अन्य लागत घटाएनु पर्ने अबस्थामा आफुहरु पुगेको आमाजोनका सीइओले बताएका छन् । आर्थिक मन्दीको चिन्ताजनक अबस्थाकाबीच संयुक्त राज्य अमेरिकामा गुगल जस्ता आईटी कम्पनीहरूले एक पछि अर्को गर्दै कर्मचारी र अन्य लागतमा कटौती गरिरहेका छन् ।

आइटी क्षेत्रको अर्को ठुलो कम्पनी मेटाले गत १४ तारिख मात्रै १० हजार कर्मचारी कटौतीको घोषणा गरेको थियो ।