१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । अमेरिकी सरकारले चिनियाँ कम्पनी बाइटडान्सलाई आफ्नो भिडियो सेयरिङ एप टिक टकको शेयर बेच्न आग्रह गरेको छ । अमेरिकी संचार माध्यमहरुले उल्लेख गरे अनुसार राष्ट्रिय सुरक्षा सबै भन्दा चिन्ताको बिषय भएको भन्दै टिक टकको शेयर बेच्न आग्रह गरेको हो ।

यदि टिक टकको शेयर बेच्न चिनिया सरकार तयार नभए अमेरिकामा टिक टक प्रतिबन्ध समेत हुन सक्ने अधिकारीहरुले जनाएको संचार माध्यमहरुमा उल्लेख गरिएको छ । टिकटक मार्फत प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी चिनियाँ सरकार समक्ष लिक हुन सक्ने भन्दै अमेरिकाको संघीय सरकार र राज्य सरकारहरूले पनि त्यस्ता सामाजिक संजालहरुलाई ब्यबस्थित गर्नु पर्ने आवाज उठाइरहेका छन् ।

अमेरिकी सरकारको वैदेशिक लगानी समितिले चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटक सञ्चालन गर्ने कम्पनीको शेयर चीन बाहिरका कम्पनीहरूलाई बेच्न आग्रह गरेको छ । अमेरिकी आग्रहमा चीन सहमत नभएर टिक टक प्रतिबन्ध हुन पुगेमा १० करोड भन्दा बढी प्रयोगकर्ताहरु प्रभावित हुन सक्ने जापानको सरकारी संचार सस्था एनएचकेले समाचारमा उल्लेख गरेको छ।

यसबारे टिकटकले राष्ट्रिय सुरक्षा उद्देश्य हो भने, बिक्रीले समस्या समाधान नगर्ने टिप्पणी गरेको छ । यसबारे TikTok को CEO ले अर्को हप्ताको 23 तारिखमा अमेरिकी कंग्रेसको सुनुवाईमा पहिलो पटक जवाफ दिने कार्यक्रम छ । अमेरिकाको पछिल्लो प्रस्तावका बिषयमा उनले के जवाफ दिन्छन भन्ने कुरा अमेरिकीहरुले चासोका साथ हेरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।