१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चित रहेका गायक प्रकाश दुतराज टोकियो आइपुगेका छन् । गरिव तथा अनाथ बालवालिकाको सहयोगका लागि गज्जब इण्टरटेण्टमेन्टको आयोजनामा टोकियो सहित जापानका विभिन्न शहरमा हुन गैरहेको कार्यक्रममा भाग लिन दुतराज आज बिहान टोकियो आइपुगेका हुन् ।

घर कता हो बहिनीको लगायतका दर्जनौ चर्चित गीत गायका प्रकाश दुतराजको पहिलो प्रस्तुति भोली टोकियोको नाकानो जेरो हलमा आयोजना गरिएको कार्यक्रममा हुने गज्जब इण्टरटेण्टमेन्टका संयोजक सचिन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आज बेलुका टोकियोमा पत्रकार सम्मेलनको आयोजना समेत गरिएको आयोजकले जनाएको छ । ‘कार्यक्रममा भाग लिन दुतराज सहितका कलाकारहरु जापान आइपुगेका छन्’ संयोजक श्रेष्ठले भने ‘कार्यक्रमको तयारी बारे सांझ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराउनेछौ ।’

कार्यक्रममा भाग लिन कलाकार सुनितामी परियार समेत जापान आइसकेको श्रेष्ठले जानकारी दिएका छन् । टोकियो बाहेक नागोया, फुकुओका, ओसाका, सिजुओखा, निगाता र नारितामा समेत दुतराजको प्रस्तुति रहनेछ ।

अप्रिल २ तारिख एनआरएनए चिबाको आयोजनामा नारितामा कार्यक्रम हुन लागेको हो ।