१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौ । आगामी फाल्गुन २५ गते हुन गैरहेको राष्ट्रपतिको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उमेद्वार तय गरेका छन् । ति दुवै दलको आज काठमाडौमा बसेको बैठकले राष्ट्रपतिको उमेद्वार टुङ्गो लगाएका हुन् ।

नेपाली कांग्रेसले रामचन्द्र पौडेल र नेकपा एमालेले सुवासचन्द्र नेम्वाङ्गलाइ राष्ट्रपतिको उमेद्वारका रुपमा अघि सार्ने निर्णय गरेको नेताहरुले जानकारी दिएका छन् । राष्ट्रपति निर्वाचनका लागि सांझ ५ बजे सम्म उमेद्वारी दर्ता गर्नुपर्नेछ ।

माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा बनेको एमाले सहितको गठबन्धन टुटेपछि माओबादी सहितको समर्थनमा कांग्रेसले रामचन्द्र पौडेललाइ उमेद्वार बनाउने निर्णय गरेको हो ।

प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहमति अनुसार एमालेलाई राष्ट्रपति दिन माओबादीले अस्वीकार गरेपछि एमालेले एक्लै उमेद्वारी दिने निर्णय गरेको हो । कांग्रेस उमेद्वार पौडेललाइ माओबादी सहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी,  जनमत पार्टी, लोसपा, नागरिक उन्मूक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने भएका छन्।

एमाले उमेद्वार नेम्वाङ्गलाइ समर्थन गर्ने दलहरुको टुंगो लागिसकेको छैन । केही समय अघि मात्रै सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको राप्रपाले राष्ट्रपतिको निर्वाचनमा के गर्छ भन्ने प्रष्ट भैसकेको छैन । यता राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राष्ट्रपति निर्वाचन सम्बन्धमा निर्णय गरिसकेको छैन ।

फाल्गुन २५ गते सम्म नेपाली राजनीतिमा कुनै उताड चडाब आएन भने कांग्रेस उमेद्वार रामचन्द्र पौडेल नेपालको चौथो राष्ट्रपति हुने निश्चित जस्तै छ । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामबरण यादब हुन् भने दोश्रो र तेश्रो राष्ट्रपति बिद्यादेबी भण्डारी हुन् । भण्डारीको दोश्रो कार्यकाल पनि सकिन लागेकाले नया राष्ट्रपतिका लागि फाल्गुन २५ गते निर्वाचन हुन्दैछ।