बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
४१ हजार भन्दा बढी सदस्य रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय अदिबेशन फागुन १२ देखि १४ गते सम्म धादिङ्गमा सम्पन्न हुँदैछ ।
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आसन्न अधिबेशनका सन्दर्भमा केही दिन अघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले आगामी कार्यकालको नेतृत्वका लागि आफुहरुको अर्थात केन्द्रिय समितिको आधिकारीक उमेद्वार रीता थापा भएको घोषणा गरे ।
उनले रिपोर्टर्स क्लबमा थापालाइ अध्यक्षको आधिकारीक उमेद्वार घोषणा गर्दै गर्दा हिजो मात्रै प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका बिष्णु खत्रीले के गर्छन भन्ने प्रष्ट भैसकेको थिएन भने अध्यक्षका आकांक्षी पशुपति शर्मा अहिले पनि सम्बादमै छन् ।
तपाइँ अध्यक्षको आकांक्षी हो कि होइन ? भन्ने क्योदाई न्यूजको प्रश्नमा प्रथम उपाध्यक्ष समेत रहेका शर्माले भने ‘म छलफलमै छु।’ शर्मा संग हामीले कुरा गरेको बुधवार बेलुका हो । प्रतिष्ठानले त्यो भन्दा अघिनै पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष बिजीले थापा आफुहरुको आधिकारिक उमेद्वार भएको घोषणा गरेका थिए ।
नियमत कार्य समितिले निर्वाचन समिति बनाउने र निर्वाचन समितिमा कसलाई कुन जिम्मेवारीमा राख्ने भन्ने निर्णय गर्ने हो । र उसैले बनाएको निर्वाचन समिति वा आयोगमा उमेद्वारहरुले उमेद्वारीका लागि दरखास्त पेश गर्ने हो । उमेद्वारी दर्ता गरेका उमेद्वारहरु माथि कुनै उजुरी नपरे वा उमेद्वार उपर परेका उजुरी छानबिन पछि खारेज योग्य भएमा मात्रै उमेद्वार निर्वाचन लड्न योग्य ठहरिन्छन । त्यसपछि अध्यक्षका हैसियतमा सबै उमेद्वारहरु संग छलफल गरी नेतृत्व सर्बसम्बत गराउन प्रयास गर्ने बिजिको सस्थागत जिम्मेवारी हुन आउछ ।
सर्बसम्बतका लागि प्रयास गर्ने जिम्मेवारी बोकेको व्यक्तिले पहिलेनै हाम्रो उमेद्वार यो हो भनेर हिड्दा न त नेतृत्व सर्बसम्बत हुन सक्छ न त भोली सस्थामा कुनै विवाद उत्पन्न भएमा बिजिले अविभावकीय भुमिकानै निर्वाहनै गर्न सक्छन । यति हुँदा हुँदै पनि बिजी किन यसरी बोले त ? भन्ने प्रश्न लोक संगीतका पारखीहरुले सोध्न थालेका छन् ।
प्रतिष्ठानका बर्तमान कार्यसमिति सचिव बसन्त थापाले अध्यक्षलेनै हाम्रो उमेद्वार यो हो भनेर घोषणा गर्नु राम्रो नभएको बताए । ‘उहाले किन त्यसरी बोल्नु भयो त्यो मलाई थाह भएन’ क्योदाई न्यूज संगको कुराकानीमा उनले भने ‘उहाले जुन उद्देश्यले बोलेता पनि हामीले सुन्दा मिठो लागेन ।’ नेतृत्वले सबैलाई मिलाएर लैजानु दायित्व बोक्नु पर्नेमा कुनै एक व्यक्तिलाई बोकेर हिड्नु गलत भएको थापाको भनाइ थियो ।
प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले बिजिको उक्त घोषणालाइ ठिक या बेठिक भनेर आफुले भन्न नसक्ने बताए । ‘बरिष्ठका आधारमा आइदिए हुने भन्ने आकांक्षा राख्नु गलत होइन, त्यस्तो हिजो पनि हामीले गरेका हौं’ पूर्व अध्यक्ष पराजुलीले टेलिफोनमा भने ‘तर हाम्रो आधिकारिक उमेद्वार फलानो भनेर नभनेको भए ठिक हुन्थ्यो ।’
४१ हजार भन्दा बढी सदस्य रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय अदिबेशन फागुन १२ देखि १४ गते सम्म धादिङ्गमा सम्पन्न हुँदैछ ।