बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । उच्च ज्ञान र सीप भएका बिदेशी कर्मचारीहरुलाई आकर्षण गर्ने उद्देश्यले बिशेष उच्च-दक्ष कर्मचारी प्रणाली स्थापना गर्ने भएको छ । उसले विभिन्न शीर्षकमा अंक तोकेर ७० अंक प्राप्त गर्ने बिदेशीहरुलाई प्रदान गर्दै आएको भिषा स्टाटस अब बार्षिक २ करोड भन्दा माथिको आम्दानी गर्ने बिदेशी अनुसन्धानकर्ताहरुलाई प्रदान गर्न मन्त्रीपरिषदले स्विकृती दिएको माइनिचि पत्रिकाले जनाएको छ ।
हाल, उच्च-दक्ष कामदारहरुलाइ शैक्षिक पृष्ठभूमि, कामको इतिहास, वार्षिक आय, उमेर लगायतमा अङ्क कायम गरी ७० वा त्यो भन्दा बढी अंक प्राप्त गर्ने बिदेशीहरुलाई हाइ स्किल (कोउदोउ सेनमोनस्योकु) स्टाटस प्रदान गर्दै आइरहेको थियो ।
५ बर्षे अबधिको हाइ स्किल नम्बर १ स्टाटस पाएको ३ वर्ष पछि हाइ स्किल नम्बर २ मा परिवर्तन गर्न सकिनेछ । जुन स्टाटसको म्याद पिआर सरहनै हुनेछ । यसको मतलब हाइ स्किल नम्बर २ मा परिवर्तन गरेपछि आफुले चाहे जति जापानमा बस्न पाइनेछ ।
उक्त स्टाटसका लागि जापानले २०१२ को मे महिना देखि नम्बर प्रणाली लागु गरेको थियो । २०२२ सम्मको तथ्याङ्क अनुसार यो स्टाटसमा ३५ हजार दक्ष कामदारहरु जापानमा बसोबास गरिरहेका छन् ।
जापानले नम्बर प्रणालीलाइ यथावत राख्दै नया व्यवस्था कायम गर्न लागेको माइनिचिले लेखेको छ । नया प्रणाली अनुसार स्नातकोत्तर वा सो भन्दा माथिको शैक्षिक योग्यता भएका या १० वर्ष भन्दा बढी काम गरेको अनुभबी भै, बार्षिक २ करोड आम्दानी भएका अनुसन्धानकर्ता र इन्जिनियरहरुलाइ हाइ स्किल पहिलो चरणको स्टाटस प्रदान गरिनेछ ।
त्यस्तै जापानमा व्यवसाय गरेर बसेका व्यक्तिहरुलाई पनि स्टाटस प्रदान गर्ने तयारी भैरहेको समाचारमा उल्लेख छ । ५ वर्ष भन्दा बढी आफ्नै कम्पनी चलाएर बसेका र बार्षिक ४ करोड भन्दा बढी आम्दानी भएका बिदेशीहरुले पनि यो स्टाटस प्राप्त गर्न सक्नेछन । पहिलो चरणको स्टाटस प्राप्त गरेपछि उनीहरु पनि १ वर्ष पछि नम्बर प्रणाली मार्फत दोश्रो चरणको स्टाटस लिन योग्य हुनेछन ।
त्यस्तै उत्कृष्ट १०० मा परेका विश्व बिद्यालयबाट स्नातक भएकाहरुलाई भबिष्य निर्माताको रुपमा तोकुतेइ खाचुदोउ (बिशिष्ट गतिबिधि) भन्ने स्टाटस उपलब्ध गराउने समाचारमा उल्लेख गरिएको छ ।
माइनिचि पत्रिका बाट