१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

‘हामीले बिशेष अपरेशनहरुमा कुनै टिप्पणी गर्नुछैन’ उनले भनेका छन् ‘तर ताइवान प्रतिको हाम्रो समर्थन र ताइवानको रक्षा सन्दर्भमा चीनले निम्त्याएको खतराका बिरुद्द सधै उभिने छौ ।’

रोयटर्स । चिनिया सरकारका एक उच्च अधिकारी ताइवान पुगेका छन् । चिनिया रक्षा उप सहायक सचिव माइकल चेस ताइवान पुगेको दुवै तर्फका सरकारी श्रोतहरुले पुष्टि गरेको रोयटर्सले समाचारमा जनाएको छ ।

ताइवानको रक्षा मन्त्रालय र पेण्टागन दुवैले चेस ताइवान भ्रमणमा रहेको पुष्टि गर्दै यसबारे अहिलेनै प्रतिक्रिया दिन अस्विकार गरेको फाइनान्सियल टाइम्सलाइ उदृत गर्दै रोयटर्सले आफ्नो समाचारमा जनाएको छ ।

पेण्टागनका प्रबक्ताले चेसको भ्रमण बारे कुनै टिप्पणी नगर्ने बताएका छन् । ‘हामीले बिशेष अपरेशनहरुमा कुनै टिप्पणी गर्नुछैन’ उनले भनेका छन् ‘तर ताइवान प्रतिको हाम्रो समर्थन र ताइवानको रक्षा सन्दर्भमा चीनले निम्त्याएको खतराका बिरुद्द सधै उभिने छौ ।’

सरकारी श्रोतहरुले चेसको भ्रमणका बिषयमा थप बिवरण नदिएको रोयटर्सले जनाएको छ । ताइवानका रक्षामन्त्री कुओ-चेङले चेसको भ्रमण बारे आफु ‘निश्चित’ नभएको प्रतिक्रिया दिएका छन् । ‘मित्रवत रुपमा हामी सबैलाई स्वागत गर्छौ’ उनले पत्रकारहरु संग भने ‘औपचारिक सूचना नआए सम्म म अहिले केही बोल्दिन ।’

चीनले तावाइनलाइ आफ्नो भूभाग भन्दै बेइजिङ्गबाट साशन संचालन गर्ने रणनीतिक योजनाका साथ ताइवान माथि हवाई र सामुन्द्रिक क्षेत्रबाट दवाब बढाइरहेको छ । चीनको रणनीतिलाइ तावानले अस्विकार गरिरहेको छ भने अमेरिका लगायतका देशले ताइवान माथि कुनै दवाब सिर्जना नगर्न र उसलाई स्वतन्त्र छोड्न चीन माथि लगातार दवाब दिंदै आइरहेका छन् ।

चीनले उडाएको बेलुन दक्षिण क्यारोलिना तटमा अमेरिकाले खसाले पछि बेइजिङ्ग र वासिंगटनबीच यहि बिषयलाई लिएर विवाद चुलिएको छ । बेइजिङ्गले उक्त बेलुन मौसमी अबस्थाको अध्ययनका लागि उडाएको दावी गरिरहेको छ भने वासिंगटनले चीनको उक्त बेलुनलाइ जासुसी बेलुन भन्दै आइरहेको छ ।

बेलुक प्रकरणमा दुइदेशबीच विवाद भैरहेका बेला चेसको भ्रमणले वासिंगटन र बेइजिङ्गको सम्बन्ध थप तिक्तता तिर जाने भन्दै विश्लेषकहरुले चिन्ता ब्यक्त गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।