बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
विस्मा सान्डमारीले भनेकी छिन ‘म पनि खान चाहान्छु, म केही पनि पिउन सक्दिन, म आफैले पिउन सक्दिन ।’ त्यसपछि नर्शले भनेकी छिन ‘मैले यो भन्नु ठिक त होइन तर पनि खान चाहि आफैले मेहनत नगरी हुँदैन।’
नागोया । तीन वर्ष अघि मार्च महिनाको ६ तारिख नागोया अध्यागमनको नियन्त्रणमा रहेका बेला मृत्यु भएकी ३३ बर्षीय श्रीलंकन युवतीको अवस्था नाजूक हुँदा सम्म पनि अस्पताल नलगिएको खुलेको छ ।
मृतकका परिवारले क्षेतिपूर्तिको माग गर्दै नागोया जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । जापान सरकारलाई बिपक्षी बनाइ दायर गरिएको मुद्दामा बिपक्षीका तर्फबाट बहस गरिरहेका वकिलहरुले हिरासत भित्रको प्रक्रिया कानून सम्बतनै भएको भन्दै उक्त मुद्दा खारेजीको माग गरिरहेका छन् ।
हिरासत भित्रको व्यवहार वा क्रियाकलान कानून बिपरित नरहेको दावी गर्दै बिपक्षीहरुले अदालतमा ५ घण्टा लामो भिडियो अदालतमा पेस गरेका थिए । आबश्यक कानूनी प्रक्रिया पुरा गरेको खण्डमा हिरासत भित्रको उक्त भिडियोको केही अंश हेर्न पाइने व्यवस्था पछि एनएचके टेलिभिजनका पत्रकार मिजुकी हिरोसेले ३ घण्टा लामो भिडियो हेरेर फर्किन । र उनले भनिन ‘उनको अवस्था देख्दा मलाई यस्तो लाग्दैन कि, उनलाई हस्पिटल भर्ना नगरे पनि हुन्छ भनेर कसैले सोचोस् ।’
३३ बर्षीय विस्मा सान्डमारीको मृत्यु हुनु भन्दा १२ दिन अघि देखिको भिडियोमा के छ त ? एनएचके ले फेब्रुअरी १० तारिख प्रकाशन गरेको रिपोर्टको अनुवादित अंश ।
मृत्यु हुनु भन्दा १२ दिन अघि २०२० फेब्रुअरी २२ तारिख बिहान ९: ५० को समयमा विस्मा सान्डमारी बिस्तराम पल्टिएको अबस्थामा छिन । त्यतिनै बेला उनलाई राखिएको कोठामा पुगेकी नर्श संग गुनासो गर्दै विस्मा सान्डमारीले भनेकी छिन ‘म पनि खान चाहान्छु, म केही पनि पिउन सक्दिन, म आफैले पिउन सक्दिन ।’ त्यसपछि नर्शले भनेकी छिन ‘मैले यो भन्नु ठिक त होइन तर पनि खान चाहि आफैले मेहनत नगरी हुँदैन।’
त्यसको भोली पल्ट बेलुका ७ बजेर १७ मिनेट देखिको भिडियोमा उनले बाल्टिन समातेर बमिट गर्दै ‘म आज बेलुका मर्छु, तान्तोउ (अध्यागमनका जिम्मेवार व्यक्ति) म अनुरोध गर्दछु, मलाई हस्पिटल लगिदिनुहोस।’
त्यसपछि अध्यागमनका अधिकारीले ‘नमर, ठिकै छ’ भन्दै ‘हस्पिटल चाही बोसले ओके भनेपछि मात्र’ भन्ने जवाफ फर्काएका छन् । सरकार पक्षका वकिलहरुका अनुसार त्यसको ९ दिन पछि अर्थात् मृत्यु हुनु भन्दा २ दिन अघि विस्मा सान्डमारीलाइ मनोचिकित्सक संग भेट गराइएको छ । त्यहाँ उनको टाउकाको सिटिस्क्यान गरी कुनै समस्या नदेखेपछि डाक्टरले निद्रा पर्ने औषधी सिफारिस गरे ।
मृत्यु हुनु अघिल्लो दिन बिहान ९: १८ को भिडियोमा उनि कुराकानी गर्ने अबस्थामा देखिदैनिन । उनी केही चाहिदैन भन्दै केवल इसारा गर्छिन, बोल्न खोज्दा पनि उनको बोली फ़ुट्दैन ।
मार्च ६ तारिख जुन दिन उनको मृत्यु भएको थियो सोही दिन दिउसो २: ७ को भिडियोमा कुनै हलचल नगरेकी विस्मा सान्डमारीलाइ बोलाउछन र उनले औलाहरु चिसा भएको भन्दै अरु अधिकारीहरुलाई रिपोर्ट गर्छन ।
अर्का सुरक्षा अधिकारी आउछन, उनलाई बोलाउछन विस्मा सान्डमारी प्रतिक्रिया बिहीन छिन र शरीर चिसो छ र ति सुरक्षा अधिकारीले भन्छन ‘स्थिति खराब भएको भान गरिरहेको छु, कुनै प्रतिक्रिया छैन, चिसो छ लगायतका आवाजहरु निस्किन्छन र भिडियो अन्त्य हुन्छ ।
(एनएचकेको अनलाइन सस्करंमा प्रकाशित रिपोर्टलाइ नेपाली भाषामा अनुवादन गरिएको हो । जापानी भाषामै पढ्न चाहनेले यो लिंक क्लिक गर्नुहोला ।)