बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
भाग्नाबशेसमा फसेका मानिसहरुको जीवित उद्धारको सम्भावना समाप्तितिर उन्मुख भैरहेको विश्लेषण हुँदै गर्दा टर्कीका उद्धारकर्ताहरु १० दिनको शिशुलाइ ९० घण्टा पछि जीवित उद्धार गर्न सफल भएका छन् ।
दक्षिणी टर्की र उत्तरपश्चिम सिरियामा दुई दशक यताको सबैभन्दा शक्त्तिशाली भूकम्पले टर्की र सिरियामा ठुलो जनधनको क्षेती पुराएको छ । पछिल्लो विवरण अनुसार दुइ देशमा भूकम्प बाट ज्यान गुमाउनेको संख्या यो पार्दा सम्म २३,७०० बाट उकालो लागिसकेको छ ।
भूकम्प गएको पांच दिन पुगिसक्दा पनि उद्धारकार्य जारीनै छ । उद्धारकार्य ढिला भएको भन्दै टर्कीमा बिपक्षी दलले सरकारको चर्को आलोचना गरिरहेको छ भने नागरिक स्तरबाट पनि भूकम्प पश्चात आफुहरु हिउँ माथि रात काटिरहेको, बसोवास र खानपिनको उचित व्यवस्था नभएको भन्दै आक्रोशको स्वर बढिरहेको छ ।
भूकम्प गएको आज ५ दिन भैसकेकाले पनि अब भाग्नाबशेसमा फसेका मानिसहरुको जीवित उद्धारको सम्भावना समाप्तितिर उन्मुख भैरहेको विश्लेषण हुँदै गर्दा टर्कीका उद्धारकर्ताहरु १० दिनको शिशुलाइ ९० घण्टा पछि जीवित उद्धार गर्न सफल भएका छन् ।
योगिज संगै उनकी आमाको पनि जिवितै उद्धार गरिएको टर्कीका राष्ट्रपति ट्याइप एर्दोगनले संचार माध्यमहरुलाई बताएका छन् ।
१० दिने शिशुको उद्धार पछि उनकी आम संगै उपचारका लागि हस्पिटल लगिएको छ । उनीहरुको पछिल्लो स्वास्थ्य अवस्था बारे भने कुनै नया जानकारी नआएको समचारहरुमा उल्लेख गरिएको छ ।
हिजोनै टर्कीका अधिकारीहरु भूकम्प गएको ७९ घण्टापछि २ बर्षीय बालकको जिवितै उद्धार गर्न सफल भएका थिए । भग्नावशेषमा फसेका २ वर्षीय बालकको जीवतै उद्धार गरेको भिडियो सार्बजनिक गर्दै उद्धारकर्ताहरुले जीवित उद्धारको आश नमरेको बताएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।
रोयटर्सले उल्लेख गरे अनुसार भूकम्प पछि लाखौ मानिसहरु घरवार बिहीन भएका छन् । भूकम्प पिडितहरुलाई चिसो र भोकमरीले सताइरहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
राष्ट्रपतीय निर्वाचन प्रभावित हुने
भूकम्पले ठुलो क्षेती पुगेपछि मे महिनाको १४ तारिख टर्कीमा हुने भनिएको राष्ट्रपतीय निर्वाचन समेत प्रभावित हुने अनुमान गरिएको छ । उद्धार कार्यमा ढिलाइ भैरहेको भन्दै टर्कीमा सरकार विरुद्ध आवाज बढ्दो छ ।
‘उद्धार कार्यमा जति ढिला हुन्छ उतिनै यसको असर आगामी निर्वाचनमा पनि देखिने छ’ टर्कीका सरकारी अधिकारीहरुले रोयटर्स संग भनेका छन् ‘निश्चय पनि यो निकै कठिन समय हो ।’
बर्तमान राष्ट्रपति ट्याइप एर्दोगन पुन: राष्ट्रपतिको निर्वाचन लड्ने तयारीमा छन्, त्यसैले पनि विपतको असर भोटमा देखिन सक्ने खतरा रहेको विश्लेषण हुन थालेको छ ।
अन्तराष्ट्रिय संचार माध्यमहरुको सहयोगमा