१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गत सोमबार बिहान र सांझ दुइ पटक गएको शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ ।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार टर्कीमा हाल सम्म १२ हजार ३९१ र सिरियामा २ हजार ९०० जना गरी हाल सम्म ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको हो ।

टर्की र सिरियाको सिमावर्ती क्षेत्रमा गत सोमबार बिहान ७. ८ म्याग्नेच्युट र साँझपख ७.६ म्याग्नेच्यूटका दुइ शक्तिशाली भुकम्प गएका थिए ।

भुकम्पका कारण सिरियामा १ करोड ९ लाख भन्दा बढी व्यक्ति प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सिरियाको कुल जनसंख्या २ करोड मात्रै हो । यसको अर्थ सिरियामा कुल जनसंख्याको आधा हिस्सा भुकम्पबाट प्रभावित भएको छ ।

टर्कीमा बिपक्षीद्वारा सरकारको आलोचना

टर्कीको बिपक्षी दलले उद्धार कार्यमा ढिलाइ भएको भन्दै सरकारको आलोचना गरेको छ।

भुकम्प पछि उद्धार र राहत वितरणमा ढिलाई हुँदा जनजीवन प्रभावित भएको भन्दै टर्कीको बिपक्षी दलले सरकारको आलोचना गरेको हो ।

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले भने उद्धार कार्यलाई हरसम्भव प्रयास भैरहेको बताएका छन् । भुकम्प प्रभावित क्षेत्रको अबलोकन गर्दै उनले यो विपतको बेला भएकाले आलोचना भन्दा पनि आपसी सहकार्य र एकताको समय भएको उल्लेख गरे ।