१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

रोयटर्स । सोमबार बिहान दक्षिणी टर्कीमा शक्तिशाली भुकम्प जाँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

रोयटर्सले समाचारमा उल्लेख गरे अनुसार टर्कीमा बिहानै ७. ९ म्याग्नेच्युडको भुकम्प गएको हो । भूकम्पमा परी हाल सम्म मालत्य प्रान्तमा २३, सानलिउर्फामा १७, दियारबाकिरमा ६ र ओस्मानीमा थप पाँच जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको रोयटर्सको समाचारमा उल्लेख गरिएको छ ।

भूकम्पको धक्का साइप्रस, लेबनान र सिरियामा समेत गरिएको थियो । अधिकारीहरुले सिरियाको दक्षिण भेगमा ४२ जना मारिएको उल्लेख गरेका छन् ।

भूकम्पले टर्कीका दर्जनौ भवनहरु ध्वस्त भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

भुकम्पको केन्द्रबिन्दु नजिकै रहेको गाजिएण्टेपका एक स्थानीयले आफुले ४० बर्षमा पहिलो पटक यति ठुलो धक्का महसुस गरेको रोयटर्सलाइ बताएका छन् ।

टर्कीमा उद्दारका लागि उद्दार टोलि खटाइएको छ भने उद्दारका लागि अन्तराष्ट्रिय सहायताको आव्हान गर्ने सरकारको तयारी रहेको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।