१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
फाइल तस्बिर : गुगल बाट

टोकियो । जापानमा अघिल्लो बर्षको डिसेम्बर महिनामा ६० प्रमुख खाद्य बस्तुहरु मध्ये ६० प्रतिशत खाद्य पदार्थको मूल्यवृद्धि भएको छ ।

जापानको आर्थिक दैनिक पत्रिका निक्केइले आफ्नो अनलाइन संसकरणमा प्रकाशन गरेको समाचार अनुसार सन् २०२१ को डिसेम्बर महिनाको तुलनामा अघिल्लो वर्ष अर्थात सन् २०२२ को डिसेम्बर महिनामा ६० प्रतिशत खाद्य पदार्थको मूल्य बढेको हो ।

खाद्य पदार्थ उत्पादनका लागि आबश्यक पर्ने कच्चा पदार्थको मूल्य ३६ प्रतिशत सम्म उच्च हुन सक्ने भएकाले मूल्य मूल्यवृद्धिले समेत निरन्तरता पाउन सक्ने एक सर्वेक्षणले देखाएको निक्केइले समाचारमा उल्लेख गरेको छ ।

देशभरका ४७० पसलको डाटा संकलन गरी ६० खाद्य पदार्थको मुल्य विश्लेषण गरिएको थियो । जस मध्ये ५६ अर्थात ९० प्रतिशत खाद्य पदार्थको मूल्य बढेको पाइएको छ ।

६० खाद्य पदार्थलाई आधार मानेर गरिएको सर्वेक्षणमा ३७ खाद्य पदार्थ (अर्थात ६० प्रतिशत ) को मूल्य ५ प्रतिशत भन्दा बढीले बढेको उक्त समाचारमा उल्लेख छ ।

समाचार अनुसार माइनेज १९ प्रतिशत, खान पकाउने तेल १७ प्रतिशत र सुख्खा पास्ताको मूल्य १५ प्रतिशतले बढेको छ ।

निक्केइ पत्रिकाको अनलाइनबाट