१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

‘हामीले अहिले तत्काल बताउन सक्ने भनेको पछिल्ला वर्षको तथ्यांकमात्रै हो’, कानून मन्त्रालयको सूचना विभागले भन्यो, ‘यदि अहिलेसम्मको सबै तथ्यांक चाहिने हो भने औपचारिक निवेदन दिनुहोस् ।’

टोकियो । विभिन्न उद्देश्यले जापान प्रवेश गरेका नेपालीहरुले यहीको पासपोर्ट लिने क्रम बर्सेनि बढ्दो क्रममा रहेको छ । जापानको कानून तथा न्याय मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो समय जापानको पासपोर्ट लिने नेपालीको संख्या बढ्दो रहेको हो ।

कानून मन्त्रालयको तथ्यांक हेर्दा जापानी पासपोर्ट लिने नेपालीहरुको संख्या २०२० को तुलनामा २०२१ मा वृद्धि भएको छ । अहिलेसम्म कति नेपालीले जापानको पासपोर्ट लिए भन्ने विषयमा मन्त्रालयले भने एकिन गर्न नसकिने बतायो ।

सन् २०१९ को तथ्यांकले १०० जना नेपाली नागरिकले जापानको राहदानी लिएको देखाउँछ । २०२१ मा जापानी पासपोर्ट लिने नेपालीहरु संख्या १०८ पुगेको छ । पछिल्लो समय पासपोर्ट प्राप्त गर्न निवेदन दिने भियतनाम र नेपालका नागरिकहरु धेरै रहेको कानून मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

दूतावासलाई हुँदैन जानकारी

कुनै पनि नेपालीले विदेशको नागरिकता लिएको खण्डमा सम्बन्धित देशमा रहेको दूतावासलाई जानकारी गराउन पर्ने बाध्यकारी नियम छैन । त्यसैले पनि नागरिकहरुले विदेशी नागरिकता लिए पनि सम्बन्धित देशको दूतावासलाई जानकारी गराउँदैनन् ।

नागरिकता ऐन २०६३ को दफा १० को उपदफा १ मा नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने उल्लेख गरिएको छ । अर्काेतिर दुई देशको नागरिकता बोक्न सोही कानूनले बर्जित पनि गरेको छ ।

तर, दूतावासलाई सम्बन्धित व्यक्तिले आफूले विदेशी नागरिकता लिएको जानकारी नगराउँदासम्म नेपालको गृह मन्त्रालय र नागरिकता जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालयले विदेशी नागरिकता लिएका नेपालीहरुबारे जानकारी प्राप्त गर्न सक्दैन ।

‘पछिल्लो ३ वर्षको अवधिमा दुईतीन जनाले मात्रै जापानी पासपोर्ट लिएको जानकारी गराउनु भएकाले सोको विवरण सम्बन्धित ठाउँमा पठाएका छौं’ जापानस्थित नेपाली दूतावासका प्रथम सचिव जीतबहादुर कार्कीले भने, ‘उहाँहरु आफैंले इमानदारीपूर्वक जानकारी गराइदिए राम्रो हुने हो, हामीले खोज्दै हिँड्न कति सम्भव हुन्छ र ?’

विदेशमा भएको नेपालीले विदेशी पासपोर्ट लिए र नलिएको जानकारी नेपाल सरकारले नपाउँदासम्म दोहोरो नागरिकताको प्रावधान नभएका नेपाल जस्ता देशका नागरिकले दुई देशको नागरिकता बोक्ने खतरा हुन्छ ।

कानून व्यवसायी रमेश खड्का भने यो विषयलाई इमानदारी र विश्वाससँग जोडेर हेर्नुपर्ने बताउँछन् । ‘कानून पालना गर्ने कुरा इमानदारी र विश्वासको कुरा हो’, खड्काले भने, ‘कानून पालना गर्ने कुरा नागरिकको जिम्मेवारी भएकाले कुनै विदेशी मुलुकको नागरिकता लिएपछि सम्बन्धित देशको दूतावासलाई जानकारी गराउने काम पनि नागरिककै हो ।’

विदेशी नागरिकता लिएपछि नेपाल सरकारलाई जानकारी नगराउँदा दोहोरो नागरिक बन्ने खतरालाई स्वीकार्दै खड्काले भने, ‘यसका लागि राज्यले पोलिसी गराउने, नेपाली नागरिकलाई तिम्रो देशको नागरिकता दिनुपूर्व नेपाल सरकारलाई जानकारी गराउनु भन्ने हो भने समस्या समाधान हुन्छ ।’

जापानी राहदानी लिनेमा अमेरिकी पनि

सन् २०१९ देखि २०२१ सम्मको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै कोरियाली नागरिकहरुले जापानको पासपोर्ट लिएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार सन् २०१९ मा ४ हजार ३६० जना कोरियाली नागरिकले जापानको पासपोर्ट लिएका छन् । जापानी पासपोर्ट लिने कोरियालीहरु संख्या २०१९ को अनुपातमा २०२० र २०२१ मा घट्दो क्रममा छ ।

सन् २०२० सालमा ४ हजार ११३ जना कोरियन नागरिकहरुले जापानी पासपोर्ट लिएकोमा २०२१ मा ३ हजार ५६४ जनाले मात्रै जापानी पासपोर्ट लिएको कानून मन्त्रालयले जनाएको छ ।

जापानी पासपोर्ट लिनेमा चिनियाँ नागरिकहरु दोस्रो स्थानमा छन् । सन् २०१९ तथ्यांकअनुसार २ हजार ३७४ चिनियाँ नागरिकहरुले जापानी पासपोर्ट लिएका छन् भने सन् २०२० मा यो संख्या बढेर २ हजार ८८१ पुगेको छ । तर, सन् २०२१ मा भने जापानको पासपोर्ट लिने चिनियाँ नागरिकको संख्या घटेर २ हजार ५२६ पुगेको छ ।

पछिल्ला २ वर्षको तथ्याङ्कले कोरिया, चीनसहित ब्राजिल, भियतनाम, फिलिपिन्स, पेरु, बंगलादेश, नेपाल, भारत, श्रीलंकालगायतका नागरिकले जापानी पासपोर्ट लिएका छन् । २०१९ मा ४७ जना अमेरिकी नागरिकले जापानको पासपोर्ट लिएकोमा पछिल्लो दुई वर्ष (२०२०–२०२१) जापानी पासपोर्ट लिएको तथ्यांक छैन ।