बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौँ — बाजुराको मौला आसपास क्षेत्रलाई कन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । घरहरु भत्काएका र केही हताहती भएको खबर आएको छ । तर समग्रमा जानकारी आउन भने समय लाग्ने छ । भारतको दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको छ ।
२०७२ वैशाखमा गोर्खा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको थियो । त्यसले ठूलो जनधनको क्षति गरेको हामीले सम्झिन्छौं । पूर्वजस्तै गोर्खाभन्दा पश्चिमतर्फको क्षेत्रमा निरन्तररुपमा भूकम्प आउँछ । तर विगत ५ सय वर्षयता गोर्खाभन्दा पश्चिमतर्फ देहरादुनसम्म पूर्वमा जस्तो महाभूकम्प भने भएको छैन ।
पूर्वमा भूकम्प जाने पश्चिममा नजाने भन्ने होइन । ८ म्याग्निच्युट वा त्यो भन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरेका छौं । पश्चिम क्षेत्रमा ठूलो भूकम्प गराउने शक्ति हाम्रो जमिनमुनि सञ्चित भएर बसेको छ । पूर्व होस् कि पश्चिम हामी भूकम्पीय क्षेत्रमा छौं त्यसले यस क्षेत्रमा पटक-पटक सुक्ष्म, साना, मध्यम, ठूलो र महाभूकम्प बेलाबेलामा आउने जोखिम सधैंभरि भइनै रहन्छ । पूर्व-पश्चिममध्ये चारैतिर प्रत्यक वर्ष गइरहेको हुन्छ ।
गत कात्तिकमा डोटीमा केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युड केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । आज बाजुराको मौला क्षेत्र नजिकै केन्द्रविन्दु बनाएर भूकम्प भयो । दुवै ठाउँ नजिकै हो । एक अर्कोसँग सम्बन्धित पनि छ । पछिल्लो समयमा त्यस क्षेत्रमा भूकम्प हुने संख्या भने बढेको देखिन्छ । शक्ति सञ्चय भएपछि त्यस क्षेत्रमा भूकम्प गइराखेका हुन्छन् ।
२०३७ सालमा पनि बझाङमा ठूलो भूकम्प गएको थियो । २०५८ मा पनि बझाङ, बैतडी र दार्चुलातिर ठूलो भूकम्प गएको छ । महाभुकम्पहरु सयौं वर्षको अन्तरालमा जान्छन् । साना-साना भूकम्प भने जान्छ । नेपालमा दैनिकरुपमा ८-१० वटा भूकम्प गइरहेका हुन्छन् । ४ म्याग्निच्युट कमका भूकम्पहरु हामी महसुस नै गर्दैनौं । निरन्तररुपमा भूकम्प गइरहने ठाउँ भनेको जोखिमको ठाउँ हो । शक्ति सञ्चय भएर बसेको र ठूलो भूकम्प जानसक्छ भन्ने हो ।
८ वा सो भन्दा ठूलोलाई महाभूकम्प, ७ देखि ८ लाई ठूलो र ६-७ लाई मध्यस्तर र त्यसभन्दा तललाई साना भूकम्प भन्ने गरेका छौं । सुक्ष्म र अति सुक्ष्म भूकम्प हुन्छन् । हामीले बुझ्न र सचेत हुनुपर्ने विषय भनेको नेपाल पूरै भूकम्पीय क्षेत्रमा छ । जुनसुकै समयमा पनि भूकम्प हुनसक्छ । त्यसैअनुसारको तयारी गर्न आवश्यक छ ।